वीरेन्द्रनगर । सुर्खेतको लेकबेसी नगरपालिकामा रक्तिम सांस्कृतिक अभियानको नगर भेला सम्पन्न भएको छ ।
Advertisement
रक्तिमको कर्णाली सांस्कृतिक अभियानअन्तर्गत २०८१ वैशाख २७ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको विशेष उपस्थितिमा सम्पन्न भेलामा रक्तिमका लुम्बिनी प्रदेश समितिका सदस्य तथा नृत्य प्रशिक्षक विजय घर्ती, रक्तिम सुर्खेत जिल्ला समितिका कावा अध्यक्ष प्रेनिला ज्ञामी रानामगर र राष्ट्रिय जनमोर्चाका कर्णबहादुर ठाडालगायतको आतिथ्य रहेको थियो ।
भेलाले अस्मिता फौजा अध्यक्ष रहनुभएको सात सदस्यीय रक्तिमको लेकबेसी नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रविता ठाडा, सचिवमा विनिता गुरुङ, सहसचिवमा फूलमाया खाम्चा, कोषाध्यक्षमा विमोचन ठाडा तथा सदस्यहरूमा दिपु पुलामी र सदस्य प्रवास ज्ञामी राना रहनुभएको छ ।