• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • तम्घास (गुल्मी) । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथसाथै विदेशमासमेत हुने गर्दछ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ ।

    Advertisement

    राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट नेपालले संयुक्त रुपमा थेर्गोली गुडको बजारीकरणको प्रयास थालेका हुन् । नार्कले विशेषगरी गुडको बजारीकरण गर्न भौगोलिक सङ्केत दिने काम गर्दै आएको छ । थानापतिका ७० वर्षीय इन्दुवर ज्ञवालीले पाँच रोपनी आफ्नो र २७ रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्नुभएको छ । उहाँले उखुबाट वार्षिक १२ हजार ६ सय लिटर उखुको रस र त्यसबाट चार हजार दुई सय लिटर खुदो बनाउनुहुन्छ । उहाँले गुड र खुदो बिक्री गर्दै आउनुभएको छ ।

    मौसमअनुसार उखुको उत्पादनमा घटबढ हुने हुँदा गुड र खुदोको उत्पादनमा पनि घटबढ हुन्छ । परम्परादेखि नै उखु खेतीमा लागेका ज्ञवाली पछिल्लो वर्षमा थप व्यावसायिक बन्नुभएको छ । उहाँले गत वर्ष प्रति लिटर रु दुई सय २० मा १६ टन खुदो बिक्री गरेको बताउनुभयो । उहाँले उखु खेती, प्रशोधन र बजारीकरण आफै गर्दै आउनुभएको छ ।

    “विदेशबाट फर्केको छोरोले पनि अहिले फर्केर मेरै पेसा अँगालेको छ”, ज्ञवालीले भन्नुभयो, “गुड र खुदो बेचेर वार्षिक रु सात लाख रकम आम्दानी भयो ।” उखु खेतीबाटै घरमा आफूसहित श्रीमती, छोराबुहारीको जीविकोपार्जन राम्रोसँग भएको उहाँको भनाइ छ । ज्ञवालीले अहिले विभिन्न संस्थासँग मिलेर गुडको बजारीकरण गर्न थाल्नुभएको छ । तर तराईबाट भेली ल्याएर थोर्गेली गुड भन्दै कतिपयले बिक्री गरेकामा उहाँको गुनासो छ ।

    थानापतिकै अर्का किसान शिशिरराज ज्ञवालीले अहिले खुदो र गुड खरिद गर्न ग्राहक घरमै आउने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताउनुभयो । उहाँले कूल १५ रोपनी जग्गामा उखु लगाउनुभएको छ । ज्ञवालीले पनि उखुको आफै प्रशोधन गरेर खुदो र गुड बनाउनुहुन्छ । “बजारीकरणको समस्या नभए पनि थेर्गेली गुडको राष्ट्रिय पहिचान बनाउनु छ”, उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले हामी गुणस्तर वृद्धि गर्ने अभियानमा छौँ ।” अहिले गुड र खुदोको बजार राम्रो भएकाले उत्पादन गर्न थप हौसला मिलेको ज्ञवालीले बताउनुभयो । बुबाले पनि उखुखेती गरेकाले आफूले त्यही पेसा थामेको उहाँ बताउनुहुन्छ । उहाँ आफैले व्यावसायिक खेती गर्न थालेको २० वर्ष भयो ।

    रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाका किसान हुमनाथ ज्ञवालीले पनि गुडमा भविष्य देखेर यस वर्षदेखि उखुखेती सुरु गर्नुभएको छ । उखु राम्रोसँग हुर्किन पाए एउटै घारको सय रुपैँयासम्म पर्छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत एवं गुडको बजारीकरणका अनुसन्धानकर्ता प्रदीप थापाले थोर्गेली गुडको विवरण सङ्कलन गरिरहेको बताउनुभयो । थोर्गाको गुडले भौगोलिक सङ्केत पाएमा बजारीकरणमा सहयोग पुग्ने र त्यसका साथै भौगोलिक सङ्केत पाए उपभोक्ताको उपभोगको तथा उत्पादक विचौलियाबाट मुक्त हुने उहाँले बताउनुभयो ।

    गुल्मीमा विशेषगरी रुरुक्षेत्रको थोर्गा र छत्रकोटको दिगाममा बढी मात्रामा खुदो र गुड बनाउने गरिन्छ । गुल्मीको मुख्य प्रवेशद्वारा रिडीमा दिगाम र थोर्गाको गुड भनेर तराईबाट भेली ल्याएर गुड बिक्री गर्ने गरेको समेत पाइन्छ । थोर्गाको गुड र खुदोको माग बढी भएकाले गाउँपालिकाले पनि उखु खेतीमा जोड दिएको छ ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.