माधव खनाल, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ सामनेगाउँ र प्युठान जिल्ला मल्लरानी गाउँपालिका–२ को सिमाना बराथाना बासिम्ला दाइहाल्ने सिउडेनी सिद्धाथाना वरिपरिको जङ्गलमा आगलागी भएको छ ।
Advertisement
आगलागीमा टेकबहादुर थापाको घरगोठ र गोठमा रहेका बाख्रा जलेर नष्ट भएका छन् ।
त्यस्तै, प्युठान जिल्ला मल्लरानी गाउँपालिका–२ का पितमबहादुर राहु र डोरबहादुर राहुको घरगोठ जलेर नष्ट भएका छन् ।
तीव्र गतिमा हावाहुरी चलेका कारण आगलागी नियन्त्रण गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् ।
आगलागीले सिउडेनी धपखोला चिउडा गेरुमाटातिरका बस्ती जोखिममा परेका छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी रहेको स्थानीय कुलराज भुसालले बताए ।