परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेकपा (मसाल) को तीन अभियानको समापन, एक सय पैतिसौँ मजदुर दिवस र मसालको नवौँ महाधिवेशन घोषणासभा एकै ब्यानरमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा २०८१ वैशाख १९ गते बुधबार ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।
मसालको अवधारणापत्र वाचनपछि सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले पार्टीको तीन अभियानको वार्षिक कार्यक्रमका साथै नवौँ महाधिवेशन गरेर साम्राज्यवाद र प्रतिगमन विरुद्ध सङ्घर्षको नीति तथा क्रान्तिकारी पार्टी निर्माणको दिशामा सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।
“हाम्रा कमजोरी सच्चाउँदै बोल्सेभिक स्प्रिटमा हाम्रा व्यवहार परिवर्तन गर्न नवौँ महाधिवेशनले थप ऊर्जा प्रदान गरेको छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का प्रदेश सदस्य जितबहादुर पौडेल, अखिल नेपाल सुकुम्बासी सङ्घका महासचिव उत्तमराज खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेल, जनप्रतिनिधि शोभाकान्त लामिछाने, अखिल नेपाल जनजाति सम्मेलनका प्रदेश सदस्य शेरबहादुर सूर्यवंशी, अखिल नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष डिल्लीराज ज्ञवाली, राजमोका जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी र समता समाज जिल्ला संयोजक नरेन्द्र विकले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि सुवेदीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा स्वागत अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य धनपति सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रम राजमो जिल्ला सचिव ढुण्डिराज पोख्रेलको सञ्चालन र मसालको नवलपरासी जिल्ला प्रवक्ता रेम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ज्ञातअज्ञात सहिदफ्रति एक मिनेट मौनधारणसहित अघि बढेको सो कार्यक्रममा रत्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मेघराज गौतमलगायत कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।