• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा (मसाल) को नवौँ महाधिवेशन घोषणासभासम्बन्धी अवधारणापत्र


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • १. नेकपा (मसाल) ले गत २०८० सालको वैशाख १८ गते अर्थात् मे १ का दिन ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको थियो । त्यसअन्तर्गत तीनओटा अभियान थिए : प्रथम– लेनिनको शतवार्षिकी स्मृतिदिवस, द्वितीय– हाम्रो पार्टीको हीरक जयन्ती वा स्थापनाको पचहत्तरौँ स्थापना दिवस र तृतीय– नेकपा (मसाल) को नवौँ महाधिवेशन । ती तीनओटै अभियान भव्य रूपले सम्पन्न भएका छन् र ती तीन अभियानको आज २०८१ वैशाख १९ गते अर्थात् सन् २०२४ मे

    Advertisement

    १ का दिन समापन हु“दै छ । आज हामीले सर्वहारा वर्गको महान् चाड मे दिवस मनाउनुका साथै नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न भएको घोषणा पनि गर्दै छौँ ।

    २. गत सालको चैतको अन्ततिर नेकपा (मसाल) को नवौ“ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशनले चारओटा राजनीतिक दस्तावेज पारित गरेको छ : न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्ताव । न्यूनतम कार्यक्रम र विधानमा संशोधन प्रस्तावमा पहिलेका दस्तावेजमा सामान्य संशोधन मात्र गरिएको थियो । राजनीतिक प्रस्तावमा अहिलेको देशको राजनीतिक स्थितिको विश्लेषण गरेर आगामी समयमा अपनाइने नीति र कार्यक्रम निर्धारण गरिएको छ भने सङ्गठनात्मक प्रस्तावमा पार्टीको अहिलेको सङ्गठनको अवस्थाको मूल्याङ्कन गरेर आगामी दिनमा अपनाइने सङ्गठनको नीति र पद्धतिबारे प्रकाश हालिएको छ । महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ, जसमा दुई जना वैकल्पिक सदस्यसहित ९ जनाको पी.बी., २९ जनाको केन्द्रीय समिति, ९ जना वैकल्पिक सदस्य र ९ जना सल्लाहकार हुनुहुन्छ । त्यो केन्द्रीय समितिले कामरेड मोहनविक्रम सिंहलाई महामन्त्री र कामरेड रामप्रकाश पुरीलाई प्रवक्ताको रूपमा चयन गरेको छ । त्यो केन्द्रीय समितिले महामन्त्रीसहित तीन जनाको कार्यालय पनि गठन गरेको छ ।

    ३. महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा सर्वप्रथम आठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्मको पाँच वर्षको अवधिमा भएका कामको मूल्याङ्कन गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय परिस्थिति, देशका राजनीतिक शक्तिको विश्लेषण गरिसकेपछि देशको तात्कालिक राजनीतिक परिस्थितिको मूल्याङ्कन गरेर तात्कालिन रूपमा अपनाइने नीति र कार्यक्रमको पनि निर्धारण गरिएको छ । राजनीतिक प्रतिवेदनको अन्तमा हाम्रा कमजोरी र ठोस कार्यक्रमबारे पनि विस्तृत रूपले प्रकाश हालिएको छ ।

    ४. राजनीतिक प्रतिवेदनमा गत पाँच वर्षका कामको मूल्याङ्कन गर्दै यो कुरा बताइएको छ कि गत पाँच वर्षको अवधि करिब करिब पूरै सङ्घर्षको काल रहेको छ । आठौँ महाधिवेशनपछि हामीले देशव्यापी रूपमा सङ्घर्षको कार्यक्रम बनाएका थियौँ र ती कार्यक्रम सञ्चालन गर्न सुरु पनि गरेका थियौँ तर त्यहीबिचमा कोरोना महामारी सुरु भएकाले हामीले ती सबै कार्यक्रम स्थगित गर्नुपरेको थियो ।

    ओलीले दुई दुईपटक संसद् विघटन गरेपछि हामीले प्रतिगमनका विरुद्ध सङ्घर्ष सुरु गरेका थियौँ । पहिले हामीले एक्लै र केही समयपछि विभिन्न वामपन्थी शक्तिसँग संयुक्त भएर संयुक्त आन्दोलन सञ्चालन गर्ने प्रयत्न गरेका थियौँ तर उनीहरूले आन्दोलनमा राजावादीलाई समेत सामेल गर्ने नीति अपनाएपछि उनीहरूसितको हाम्रो संयुक्त आन्दोलन अगाडि बढ्न सकेको थिएन । पछि पाँचदलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेका थियौँ । त्यहीबिचमा स्थानीय तथा प्रदेश र संसद्का चुनाव पनि भएको हुनाले तिनीहरूलाई पनि हामीले सङ्घर्षका रूपमा नै उपयोग गरेका थियौँ । त्यो कालमा संसद्भित्र पनि हामीले लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गरेका थियौँ । त्यो क्रममा एमसिसी र नागरिकता विधेयकसमेतका विरुद्ध गरेका सङ्घर्ष तथा तिनीहरूका विरुद्ध गरेका मतदान विशेष रूपले उल्लेखनीय छन् ।

    पार्टीभित्र देखा परेका अराजकता, अनुशासनविहीनता, गुटबन्दी र फुटपरस्त गतिविधिका विरुद्ध पनि हामीले कडा सङ्घर्ष गर्नुपरेको थियो । त्यो सङ्घर्ष पनि सफलतामा टुङ्गिएको थियो । त्योबाहेक देशमा सङ्घीयता, महङ्गी, भ्रष्टाचार आदि कैयौँ विषयमा पनि हामीले लगातार सङ्घर्ष गर्दै आएका छौँ । त्यसका साथै गत पाँच वर्षको बिचमा प्रकाशन र प्रशिक्षणका कार्यक्रम पनि प्रत्यक्ष वा अनलाइनको माध्यमबाट धेरै नै भएका छन् ।

    ५. महाधिवेशनद्वारा पारित न्यूनतम कार्यक्रममा समाजवाद र साम्यवादलाई हाम्रा दीर्घकालीन उद्देश्य र नयाँ जनवादी क्रान्तिलाई अहिलेको आधारभूत कार्यक्रम बताइएको छ । राजनीतिक प्रतिवेदनमा जनताका महान् सङ्घर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यलाई तत्कालीन कार्यदिशा बताइएको छ । त्यसका साथै जनजीविकासित सम्बन्धित प्रगतिशील र न्यायपूर्ण मागका लागि सङ्घर्ष गर्ने कुरामा पनि विशेष जोड दिइएको छ । राजनीतिक प्रतिवेदनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम पूरा गर्नको लागि पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा, दीर्घकालीन जनयुद्धसमेतका लागि परिस्थिति तयार पार्न प्रयत्न गर्दै तत्कालका लागि शान्तिपूर्ण जनआन्दोलनको नीति अपनाउने ठेगान गरिएको छ । संसदीय चुनावबारे परिस्थितिमा हुने परिवर्तनअनुसार बहिष्कार वा उपयोग दुवै गर्न सकिने नीतिलाई खुला राख्दै तत्कालका लागि चुनावको उपयोग गर्ने नीति अपनाइएको छ ।

    ६. राजनीतिक प्रतिवेदनमा भारतीय र अमेरिकी साम्राज्यवादसमेत बाट देशको राष्ट्रियतामा गम्भीर खतरा बढ्दै गएको कुरामाथि ध्यान दिँदै राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा पनि विशेष जोड दिइएको छ । विश्वस्तरमा अमेरिकी साम्राज्यवादसित नै मुख्य अन्तर्विरोध छ तर नेपालका सन्दर्भमा सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तर्विरोध नै प्रधान हो । त्यसका साथै दलाल र नोकरशाही पुँजीपति वर्गसित पनि हाम्रो अन्तर्विरोध छ ।

    भारत र चीन दुवै साम्राज्यवादी शक्तिहरू हुन् तर नेपालको भूराजनीतिक परिस्थितिमाथि ध्यान दिँदा चीनसितको हाम्रो मैत्रीपूर्ण सम्बन्धबाट अमेरिका र भारतको हस्तक्षेप वा अतिक्रमणका विरुद्ध सन्तुलन कायम गर्न वा नियन्त्रण गर्न मदत पुग्दछ । त्यसैले चीन र भारत दुवै साम्राज्यवादी देश भए पनि हाम्रो बढी विरोध भारतीय साम्राज्यवादसित नै हुन्छ र तुलनात्मक रूपले चीनसितको मैत्रीसम्बन्धमा हामीले बढी जोड दिनुपर्ने आवश्यकता हुन्छ ।

    ७. आज देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको छ । त्यसकारण त्यसका विरुद्धको सङ्घर्षमा धेरै नै जोड दिनुपर्ने आवश्यकता छ । त्यसका लागि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूसित कार्यगत एकता वा गठबन्धन गरेर सङ्घर्ष गर्नु आवश्यक छ । गत कालमा हामीले बारम्बार त्यसरी सङ्घर्ष गर्दै आएका छौँ ।

    कतिपय पक्षका ढुलमुल र अवसरवादी नीतिका कारणले गत कालमा बनेका कैयौँ गठबन्धन टुट्ने गरेका छन् । खास गरेर माओवादी केन्द्रको ढुलमुल र अवसरवादी नीतिका कारणले त्यस प्रकारका गठबन्धन टुट्ने गरेका छन् र हालै पनि त्यही प्रकारको घटनाको पुनरावृत्ति भएको छ । नेकाभित्रको प्रतिपक्ष पनि सधैँ त्यस प्रकारको गठबन्धनका विरुद्ध रहँदै आएको छ र हालै गठबन्धन टुट्नुका पछाडि त्यो पक्ष पनि काफी हदसम्म जिम्मेवार छ । जुनसुकै कारणले भए पनि प्रतिगमनका विरुद्धको गठबन्धन टुट्दा प्रतिगमनलाई नै मदत पुग्ने कुरा स्पष्ट छ तैपनि देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा छ । त्यसकारण हामीले सम्भव भएसम्म प्रतिगमनका विरुद्ध गठबन्धनको निर्माणका लागि प्रयत्न गर्दै र त्यस प्रकारको सम्भावना नभएको अवस्थामा आफ्नो स्वतन्त्र पहलकदमीमा जनतालाई गोलबन्द गर्दै प्रतिगमनका विरुद्ध सङ्घर्ष अगाडि बढाउन पहल गरिरहनुपर्दछ ।

    ८. संसारका कैयौँ देशमा युद्ध बढ्दै गइरहेका छन् । खास गरेर रुस र युक्रेन, प्यालेस्टाइन र इजरायल तथा इरानका बिचमा युद्ध तीव्र हुँदै गइरहेका छन् । ती युद्धमा रुस, चीन, अमेरिका र युरोपसमेत संलग्न हुँदै गएकाले विश्वयुद्ध वा आणविक युद्ध हुने खतरा पनि बढ्दै गइरहेको छ । आणविक युद्ध भयो भने मानव समुदायको ठुलो संहार हुने छ । त्यसकारण हाम्रो पार्टीको नवौँ महाधिवेशनले साम्राज्यवादका विरुद्ध र विश्वशान्तिका लागि समेत अन्तर्राष्ट्रिय स्तरमा नै पहल गर्ने निर्णय गरेको छ ।

    ९. आज देश र जनताका अगाडि जुन प्रकारका समस्या छन् वा हाम्रा अगाडि जुन प्रकारका जिम्मेवारी छन्, तिनीहरूलाई पूरा गर्नका लागि शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता छ । हाम्रो महाधिवेशनले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रश्नबारे सही नीति र कार्यक्रम दिएको छ तर ती जिम्मेवारी पूरा गर्नको लागि शक्तिशाली जनआन्दोलन र एउटा अनुशासित र सङ्गठित कम्युनिस्ट पार्टीको पनि आवश्यकता हुन्छ । त्यो आवश्यकता पूरा गर्न महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावले त्यस प्रकारको पार्टीको निर्माणका लागि आवश्यक नीति र कार्यक्रम निर्माण गरेको छ । त्यो प्रस्तावमा यो कुरामाथि विशेष जोड दिइएको छ कि लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताका आधारमा नै एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण हुन सक्दछ । कम्युनिस्ट आन्दोलनमा देखा परिरहेका अनुशासनविहीन र अराजकतावादी सोचाइले कम्युनिस्ट आन्दोलनलाई विश्व स्तरमा र नेपालमा पनि धेरै नै कमजोर पार्दै लगिरहेका छन् । त्यसकारण पार्टीलाई अनुशासित र सङ्गठित बनाउँदै शक्तिशाली बनाउनका लागि सबै प्रकारका अनुशासनविहीन र अराजकतावादी सोचाइका विरुद्ध पनि सङ्घर्ष गर्नको लागि महाधिवेशनले जोड दिएको छ ।

    अन्तमा, हामीले हाम्रो पार्टीको नवौ“ महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमका आधारमा देशव्यापी रूपमा आन्दोलन उठाउन र शक्तिशाली तथा अनुशासित र सङ्गठित कम्युनिस्ट पार्टीको निर्माण गर्न पार्टीका सबै सदस्य, समर्थक र आम जनता समेतसित अपिल गर्दछौ“ ।

    २०८१ वैशाख १९
    नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.