काठमाडौं । काभ्रे जिल्लाको रोशि गाउँपालिका– ४ माहादेवटार मा जंगलबाट फैलिएको आगो सल्कँदा १४ वटा घर जलेका छन्।
Advertisement
महादेवटार सामुदायिक जङ्गलमा लागेको आगो सानोकोटा गाउँमा फैलँदा १४ वटा घर जले नष्ट भएको प्रहरीले जनाएको छ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ।
क्षतिको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।