चैनपुर (बझाङ) । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (क) को उपचुनावको जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेको छन्।
Advertisement
पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता सिंह एमाले उम्मेदवार भन्दा २५९ मतले अघि छन्।
गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका सिंहले ८ हजार ८७४ मत ल्याउँदा एमालेका दमनबहादुर भण्डारीले ८ हजार ६१५ मतसहित पछ्याइरहेका छन्।
माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा ३ हजार २१५ मत सहित तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३१० मत ल्याएका छन्।