काठमाडौं । मेलम्ची भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
Advertisement
मेलम्ची खानेपानी आयोजनामा अनियमितता सम्बन्धी मुद्दामा उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको थियो । उनी आइतबार अदालतमा उपस्थित भएका हुन् ।
गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।
मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ।
खानेपानी मन्त्रालयका पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन्।