• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

देश भित्र र बाहिर अलपत्र मजदुरको उद्धार गर्न अन्टुकको आग्रह


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) ले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    महासंघका अध्यक्ष नारायण सापकोटाले बिहीबार एक प्रेस वक्तव्य प्रकाशित गरी देशका विभिन्न ठाउँ तथा देश बाहिर पनि अलपत्र परेका मजदुरहरुको खाने बस्ने व्यवस्था मिलाउन, गन्तव्यसम्म पुर्याउन तथा औषधि उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

    यस्तै, महासंघले लकडाउनका कारण रोजगारी गुमाएर देशभित्र आउन चाहेका तर सीमा बन्द भएर सीमानामै अलपत्र परेका मजदुरहरुलाई पनि तत्काल देश भित्र ल्याउन माग गरेको छ ।

    वक्तव्यमा लकडाउनबाट मुख्यतः दैनिक ज्यालादारी तथा असङ्गठित क्षेत्रका मजदुरसामु खाना र बासस्थानको गम्भीर समस्या रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । लकडाउनका कारण रोजगारी गुमाएका मजदुरलाई तलबको निरन्तर भुक्तानी गर्न, घर जान चाहने मजदुरलाई यातायातको व्यवस्था गर्न, भारतबाट फर्किएर सिमानामा अलपत्र परेका मजदुरलाई उद्धार गर्न, तेस्रो मुलुकमा रहेका श्रमिक तथा विद्यार्थीको सुरक्षा तथा उपचारको व्यवस्था गर्न, अन्य स्वास्थ्य परीक्षण सहज बनाउन, लकडाउनको अवसरमा देखा परेको कृतिम अभाव, महङ्गी र भ्रष्टाचार नियन्त्रणलगायतका विषय वक्तव्यमा उठान गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
    “१. कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी एवम् असङ्गठित क्षेत्रका श्रमिकको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । विशेषतः निर्माण, इँटाभट्टा, ढुवानीलगायत क्षेत्रमा काम गर्ने मजदुरलाई दैनिक गुजारा चलाउन कष्ट भइरहेको छ । दैनिक खर्च र उचित आवास अभावले गर्दा मजदुरहरू कष्टकर लामो पैदल यात्राबाट आफ्नो घरतर्फ जान कैयौँ दिनसम्म भोकभोकै भइरहेको समाचार आइरहेका छन् ।

    त्यसकारण समस्यामा रहेका मजदुर (दैनिक ज्यालादारी तथा असङ्गठित क्षेत्र) को खाना तथा वासस्थानको तत्काल व्यवस्था गरी उनीहरूको बाँच्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गर्दछौँ । त्यसैगरी, बिचबाटोमा रहेका वा डेराबाट घरमा जान चाहने श्रमिकलाई यातायातको प्रबन्ध गरी घरसम्म पु¥याउने सुरक्षित व्यवस्था गर्नसमेत माग गर्दछौँ । सरकारद्वारा घोषित राहत वितरण कार्यमा कतिपय स्थानीय सरकारले विभिन्न बहानामा मजदुरलाई वञ्चित गरेकोसमेत पाइएकाले उक्त गलत कार्य रोकी श्रमिकलाई समेत सहज तरिकाले पर्याप्त राहत उपलब्ध गराउन माग गर्दछौँ ।

    २. लकडाउनका कारण काम बन्द भएर भारतबाट फर्किएर सिमानामा रोकिएका मजजदुर एवम् अन्य देशमा रोजगारी गुमाएर वा काम बन्द भएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्कार उद्धार गरी देशभित्र ल्याउन माग गर्दछौँ । त्यसैगरी, प्रवासमा रहेका नेपाली श्रमिक एवम् विद्यार्थीको उचित सुरक्षा एवम् उपचारको निम्ति कूटनीतिक पहल गर्न अनुरोध गर्दछौँ । सङ्कटको घडीमा श्रमिकलाई कामबाट हटाउने तथा आवश्यक तलब तथा क्षतिपूर्ति नदिने अमानवीय कार्यको भत्र्सना गर्दछौँ ।

    ३. आज कोरोनाको बहानामा ज्वरोलगायत अन्य बिरामीले पनि सहज रूपमा भर्ना तथा उपचारको सुविधाबाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य गरी बिरामीको सहज उपचारको प्रबन्ध गर्न तथा निजी स्वास्थ्य संस्थाको गैरजिम्मेवारपूर्ण कार्य रोक्नसमेत सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    ४. नेपालमा समेत श्रमजीवी पत्रकारलगायत कतिपय क्षेत्रका श्रमिकलाई कामबाट हटाउने एवम् पारिश्रमिक नदिने गरेका समाचार प्रकाशनमा आएका छन् । उक्त कार्य रोक्न तथा उनीहरूको रोजगारी कायम गर्न तथा पारिश्रमिकको पूर्ववतः रूपमा भुक्तान गर्न माग गर्दछौँ ।

    ५. कोरोनाको निहुँमा भइरहेको मूल्यवृद्धि, कृतिम अभाव तथा भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न र दोषीउपर कडा कारबाही गर्न, साथै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न एवम् किसान उपजको बजार व्यवस्था गर्न माग गर्दछौँ ।

    ६. शिक्षा, स्वास्थ्य, यातायातलगायतका आधारभूत आवश्यकताका वस्तु तथा सेवामा राज्यको लगानी ग्यारेन्टी गरी संविधानको मौलिक अधिकारको प्रबन्ध गर्न तत्काल ठोस कदम चाल्न माग गर्दछौँ ।

    ७. अन्तमा विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण तथा त्यसबाट सिर्जित मृत्युको भयबाट बच्न उच्च मनोबल, दृढ विश्वास, अनुशासन, सतर्कता एवम् सक्रियता कायम गर्न सम्पूर्ण मजदुर वर्ग एवम् न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौँ ।”

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.