• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

र्‍यापिड टेस्टमा धमाधम कोरोना पोजेटिभः पीसीआर रिपोर्ट नेगेटिभ


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भए नभएको पत्ता लगाउन र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा ‘पोजेटिभ’ पाइएका अधिकांशको पीसीआर टेस्ट नेगेटिभ आएको छ । हालै बागलुङ र कैलालीमा दुई जना ६५ वर्ष (समान उमेर) का महिलामा र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएकोमा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुवै जनामा कोरोना नभएको पुष्टि भएको थियो ।

    Advertisement

    त्यस यता पनि थुप्रै व्यक्तिमा र्‍यापिड टेस्टले कोरोना पोजेटिभ देखाएको छ । ती मध्ये अधिकांशको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने गरेको छ । र्‍यापिड टेस्टले कयौं मानिसलाई कोरोना नभएपनि पोजेटिभ देखाएर तनाब दिने गरेको विज्ञहरु बताउँछन् ।

    सप्तरीका दुई जनाको रिपोर्ट नेगेटिभ
    दिल्लीबाट फर्किएपछि र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका सप्तरीका दुईजनाको बुधबार गरिएको पीसीआर विधिको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा दिल्लीको मुस्लिमको जमातसभाबाट फर्किएका ७ जनाको र्‍यापिड टेस्ट गरिएको थियो । जस मध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । बुधबार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

    पोखराकी महिलामा देखिएन कोरोना
    र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी पोखरा महानगरपालिका –१२ ढिकालेथरकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

    चितवनमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण हुँदै
    यता, चितवनमा र्‍यापिड टेस्ट बिधिबाट कोरोना परीक्षण गर्दा चार जनाको रिपोर्ट शंकास्पद आएपछि पीसीआर बिधिबाट परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको छ । बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गर्दा एक जनाको पोजिटिभ आएको थियो। उनीहरुको पीसीआरबाट थप परीक्षण गर्न भरतपुरमा स्वाब पठाइएको हो।

    र्‍यापिड टेस्टः गोरखामा एक जनामा पोजिटिभ
    गोरखाको आरुघाट गाउँपालिकामा एक जनालाई कोरोना संक्रमण देखिएको छ । र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडिटी) मा एक युवालाई कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पुष्टि गरेको हो । उनी २३ फागुनमा विदेशबाट नेपाल आएका थिए । नेपाल आएको ३८ दिनपछि आरडिटीमा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले जानकारी दिए । जनस्वास्थ्य कार्यालयका अनुसार आरुघाटमा मंगलबार २० जनाको टेस्ट गरिएको थियो । तीमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । आरडिटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्न स्वाब पोखरा पठाइएको उनले बताए ।

    काभ्रेका तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ
    र्‍यापिड टेस्टबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका कभ्रेका ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मण्डनदेउपुर नगरपालिका –३ का दुई जना युवाको मंगलबार र्‍यापिड टेस्टबाट गरिएको परीक्षण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव धुलीखेल अस्पताल पठाइएको थियो । आज पीसीआर पद्धतीबाट गरिएको परीक्षणमा उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो । यस्तै, कोरोना संक्रमण पुष्टी भएका सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा पनि कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

    धादिङमा पनि पोजेटिभ
    यस्तै, धादिङका एक युवामा पनि र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–३ का ति युवा कोरियाबाट फागुन २० गते नेपाल आएका थिए । उनी घरमै बसेका थिए। मंगलबार गरिएको र्‍यापिड टेष्टमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव काठमाडौं पठाइएको थियो ।

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.