गोविन्दराज ओझा (राजन) ##
Advertisement
सुन्दर ठाउँ लिपुलेक सुन्दर ठाउँ लिम्पियाधुरा
कति राम्रो काली छ मन लोभ्याउने सुन्दरता
मन पवित्र हुन्छ हेर्छु मैले डाँडापाखा
काली नदीको आवाज सुन्छु मैले यहाँ
मलाई मेरो पवित्र भूमि नेपाल चाहिन्छ
अखण्ड यो राष्ट्र मनमुटुदेखिको माया छ
हामीले देशको मुहार हँसाउन सक्नुपर्छ
सारा देशवासीको एउटै सोच हुनुपर्छ
जनक, बुद्ध झैँ ज्ञानी मान्छे चाहिन्छ
स्वतन्त्र राष्ट्र उज्ज्वल भविष्य निर्माण गर्ने छ
सुन्दरभूमिबारे जति व्याख्या गरे पनि हुन्छ
सारा देशवासीको एउटै सोच हुनुपर्छ