राम गैरे पाल्पाली ##
Advertisement
पीडाभित्र जन्मेर बाँचेको मान्छे म ।
फेर्न भन्दै संसार आटेको मान्छे म ।१।
श्रम गरी जीवन चल्छ हजुर मेरो ।
सुखभन्दा दुःखले पाकेको मान्छे म ।२।
किन गरिखानेको विश्वास धेरै हुन्छ ।
आँखाभित्र सपना राखेको मान्छे म ।३।
हिजो जनहितमा अमर सहिदहरूले ।
बिउ छर्न गोठालो साचेको मान्छे म ।४।
एक दिन आउँछ सुनौले बिहान ढुक्क छु ।
आस्था वर्गसङ्घर्षमा गासेको मान्छे म ।५।