• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एकताको सन्देश बोकेको जनगीत ‘ए साथी’


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • विशाल दर्लामी ##

    Advertisement

    नेपालको परिवर्तनकारी आन्दोलनमा जनवादी÷प्रगतिशील गीतसङ्गीतको अहम् भुमिका रहँदै आएको छ ।

    गीतसङ्गीतसँग मानिसको नङ र मासुको जस्तो सम्बन्ध रहेको हुन्छ । सङ्गीतबिना मानिसको जीवन एक प्रकारले अपुरो, अधुरो जस्तै बन्दछ तर जनवादी/प्रगतिशील गीत गाउनु निकै अप्ठ्यारो छ किनकि नेपाली गीतसङ्गीतको बजार बुर्जुवा गीतसङ्गीतले कब्जा गरेको छ । भ्युजका आधारमा गीतको मूल्याङ्कन हुन्छ र सस्तो लोकप्रियताका लागि अनेक प्रकारका हर्कत गरिन्छ । जुन गीतको धेरै भ्युज जान्छ, त्यो गीतलाई नै राम्रो भन्ने भाष्य निर्माण भएको छ । यति हुँदाहँुदै पनि पछिल्लो समय जनकलाकार, जनगीतसङ्गीतले पनि विस्तारै आफ्नो आकार बढाउँदै छ । जनवादी गीतका स्रोता पनि विस्तारै बढिरहेका छन् । यसले जनकलाकारलाई अवश्य पनि ऊर्जा मिलेको छ ।

    यसै सन्दर्भमा ‘ए साथी’ नामक जनवादी गीत बजारमा आएको छ ।

    गीतको शब्द साहित्यकार तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष तथा सहकर्मी थमन केसीले रचना गर्नुभएको छ । सङ्गीत संयोजन एरेन्ज जनवादी गायक तथा सर्जक हेमराज आश्रमले गर्नुभएको छ भने यो गीतमा जनवादी गायक तथा सर्जक थुमराज ढुङ्गाना र जनवादी गायिका कुस्मिता दर्लामीले आवाज दिनुभएको छ ।

    गीतको शब्द भाव

    ए साथी कठिन छ बाटो नागबेली घुम्छ मोडमोडमा
    साहस गरी मुक्तिका गीत गाउँदै गाउँदै गाउँसहरमा
    हुन्छन् हजारौँ हन्डर सङ्घर्ष जीवनको आधार
    टुटुफुट होइन एकगठ बनी चम्काऊँ है संसार

    हाम्रो आस्था जलाउँदै छन् बैरी मिलेर सोच गरौँ
    विश्वासको माला चुडाल्दै छन् जालमा पारेर होस गरौँ
    यात्रा हाम्रो रोक्न खोज्लान् प्रलोभन सारा देखाउँदै
    पाइला हाम्रो मेट्न खोज्लान् भ्रम, षड्यन्त्र फैलाउँदै

    झन् झन् हाम्रो शिथिलताले दुस्मनले शिर उठाउँछ
    सुन्दर भविष्य सुशासन संसारबाट हुत्याउँछ
    निराश जीवन कमजोर मनले विचार हाम्रो गलाउँछ
    आपसमा हाम्रो घरझगडाले अस्तित्व सारा जलाउँछ

    गीत रचनाको पृष्ठभूमि

    गीतकार थमन केसीले यो गीत पाँच वर्षअगाडि लेखेको बताउनुभएको छ । हेर्दा स्वभावले उहाँ अर्कै देखिए पनि उहाँमा साहित्यप्रति गहिरो रुचि रहेछ भन्ने देखाउँछ यस गीतले । यसअघि उहाले रचना गरेको “कालापानी” बोलको गीत निकै राम्रो र चर्चामा रहेको थियो । जनवादी गायक हेमराज आश्रम भन्नुहुन्छ– राजनीतिककर्मीमा साहित्यिक रुचि र क्षमता पनि हुनुपर्दछ । त्यसले राजनीतिलाई झन् सुन्दर बनाउँछ ।

    थमनजीले हेमराज आश्रमले भने झैँ साहित्यको क्षेत्रलाई पनि सँगसँगै लैजानुभएको छ, जुन कुरा अरूका लागि पनि अनुकरणीय छ । आशा गरौँ, यसको प्रभाव अरू धेरैमा फैलिदै जाने छ ।

    थमनजीले यो गीत सेयर गर्दै भन्नुभएको छ– मैले यो गीत नेकपा (मसाल) को आठौँ महाधिवेशनपछि लेखेको हुँ । संयोग नै भन्नुपर्छ, आठौँ महाधिवेशनपछि लेखेको गीत नवौँ महाधिवेशनको पूर्वसन्ध्यामा रिलिज भएको छ । त्यसकारण यो गीत अझै अर्थपूर्ण छ भन्ने लागेको छ ।

    आठौँ महाधिवेशनपछि नेकपा (मसाल) मा विभाजन आयो । पक्कै पनि त्यो सबैका लागि दुखद कुरा थियो । ती सबै कुराहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक हुदैन तथापि गीत सिर्जना हुनुको पृष्ठभूमि तत्कालीन समयमा पार्टीमा देखिएका बिबिध समस्या र फुटसमेतको कारण सृजित भएको भनी अनुमान गर्न सकिन्छ ।

    गीतको सन्देश

    समग्रमा गीतले एकताको सन्देश बोकेको छ । नेपालको वामपन्थी कम्युनिस्ट आन्दोलनमा भएको टुटफुट र विभाजनको शृङ्खलाले आज नेपाली जनता निराश छन् । त्यति मात्र होइन, पदप्रतिष्ठा र स्वार्थको कोपमा नेपालको वाम आन्दोलन परेको छ । स्वार्थ मिल्दा जुट्ने र स्वार्थमा धक्का लाग्दा फुट्ने नेपालका कम्युनिस्ट पार्टीको जुन गलत तरिका छ, त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै ठुलो क्षति पुर्‍याएको छ ।

    आठौँ महाधिवेशनपछि पार्टीमा जुन समस्या देखा पर्‍यो, त्यसले पार्टीलाई निकै कमजोर बनायो । त्यसकारण गीतकारले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने आवश्यतामा जोड दिनुभएको छ । समस्याबाट भागेर, फुटेर होइन, समस्याको सही हल गरेर आन्दोलनलाई एकीकृत गर्नुपर्ने सन्देश गीतले बोकेको छ । त्यसबाहेक विभिन्न षड्यन्त्र, जालझेलबाट जोगिएर हिँड्नुपर्ने सन्देश बोकेको छ । सही बाटो हिँड्न कठिन छ; अप्ठ्यारो छ; नागबेली झैँ घुमाउरो छ; मोड छन्—यी सबै प्रतिकूलतालाई चिरेर जनताका बिचमा सही सन्देश पुर्‍याउनु गीतले सुझाएको छ ।

    गीतको अन्तिममा निकै सुन्दर शब्द रहेका छन्; जस्तै :

    निराश जीवन कमजोर मनले विचार हाम्रो गलाउँछ
    आपसमा हाम्रो घरझगडाले अस्तित्व सारा गलाउँछ

    सङ्गीत र स्वर पक्ष :

    कुनै पनि गीत राम्रो बन्नका लागि त्यहाँ धेरै पक्ष जरुरी हुन्छ । जस्तो कि शब्द, सङ्गीत, एरेन्ज, स्वर आदि । यी सबै कुराको तादत्म्यले मात्र गीत गीत बन्दछ र त्यो जीवन्त हुन्छ । यो गीतमा केही अपवादलाई छोडेर गीतका शब्द मिठा र ओजयुक्त छन् ।

    गीतमा सङ्गीत पक्ष बलियो नै छ । सङ्गीतमा मिसाइएको केही प्रविधिले गीतलाई मिठो बनाइदिएको छ । स्वरको कुरा गर्दा गायकी त महत्त्वपूर्ण भइहाल्यो, त्यसबाहेक शब्द उच्चारणमा प्रस्टता अर्को महत्त्वपूर्ण पक्ष हो ।

    गीतमा युगल आवाज भएकाले यसै पनि मिठो सुनिएको छ । गीतमा पुरुष भोकल दिनुभएका थुमराजजीको प्लस प्वाइन्ट उहाले शब्दलाई प्रस्टसँग उच्चारण गर्नु हुन्छ । त्यो कुरा गीतको सायद मुटु नै हो जस्तो लाग्छ । आवाज त परिपक्व छ । मिठासपूर्ण छ । फिमेल भोकलमा रहनुभएकी गायिका कुस्मिताजीको आवाज निकै सुरिलो सुनिएको छ तर शब्द उच्चारणमा प्रस्टता छैन । कतिपय शब्द प्रस्टसँग बुझिएको छैन । समग्रमा दुबैको आवाज अब्वल छ । त्यसले गीतलाई सुन्दर बनाएको छ ।

    अन्तमा यति मिठो गीतलाई टिप्पणी गर्ने धृष्टता गरेँ । सायद यो मेरो क्षमताभन्दा बाहिरको कुरा हो जस्तो लाग्दछ । गीत सुनेपछि यसको बारेमा मैले बोल्नुपर्ने र बोल्न सक्ने यति नै हो ।

    जनवादी गीतसङ्गीतको आकाशमा यो गीतले एउटा इँटा थपेको छ । इन्टायर टिमप्रति साधुवाद व्यक्त गर्दछु ।

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.