गोविन्दराज ओझा (राजन) ##
Advertisement
घरदेखि धेरै टाढा गएको छु
म नेपालमाताको सिपाही हुँ
म अहिले आउन सक्दिनँ आमा
छु लागिरहेको देशको सुरक्षामा
म बुढीआमाको आशा हुँ
बिछोड र मिलनको कथा हुँ
एउटा सिपाही हो कठिनाइसँग लड्छ,
नेपालमाताको छोरा हुँ, बेग्लै शान छ
म बाध्यतामा स्वेच्छाचारी छु
म नेपाल माताको सिपाही हुँ
घरदेखि धेरै टाढा गएको छु
म नेपालमाताको सिपाही हुँ
म अहिले आउन सक्दिनँ आमा
छु लागिरहेको देशको सुरक्षामा