काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
Advertisement
२०८१ वैशाख ४ गते मङ्गलबार बिहान ४ बजेदेखि लागु हुने गरी सो मूल्यवृद्धि गरिएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट वैशाख ३ गते सोमबार प्राप्त नयाँ खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १७५.५०, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
