• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्थापना दिवसमा जनजाति सम्मेलनको शुभकामना


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आफ्नो स्थापना दिवस वैशाख ३ गतेको अवसरमा सम्पूर्ण जनजाति तथा गैरजनजाति समुदायमा शुभकामना व्यक्त गरेको छ । २०७७ वैशाख ३ गते नै अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा प्रेसवक्तव्य जारी गर्दै जनजाति सम्मेलनले शुभकामना व्यक्त गरेको हो ।

    Advertisement

    वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमणका कारण स्थापना दिवश सार्वजनिक कार्यक्रमको आयोजना गरी मनाउन नसकिएकोमा जो जहाँ छौँ, त्यहीबाट आत्मसमीक्षा गर्दै अझ बढी व्यवस्थित, योजनाबद्ध र सक्रिय हुन आग्रह गरिएको छ । नयाँ वर्ष २०७७ को शुभकामना र कोरोना भाइरसको सङ्क्रमणप्रतिको सतर्कता व्यक्त गरिएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “आज वैशाख ३ गते अखिल नेपाल जनजाति सम्मेलनको चौतिसौँ स्थापना दिवस हो । स्थापना दिवसको सन्दर्भमा हामीले जनजाति सम्मेलनको तर्फबाट सम्पूर्ण जनजाति तथा गैरजनजाति न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

    भर्खरै नयाँ वर्ष २०७७ सुरु भएको छ । अहिले कोरोना भाइरस सङ्क्रमणको समस्याले विश्व नै आक्रान्त भएको छ । यो महासङ्कटबाट मानवजातिको एकीकृत प्रयासले पार पाउने छ र पुनः आफ्नो लयमा मानव समाजको गति अगाडि बढ्ने छ भन्ने आशासहित सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    हरेक साल वैशाख ३ गते हामीले कुनै कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउँथ्याँै । यसपालि कोरोना भाइरस सङ्क्रमणको खतराका कारण लकडाउनमा बस्नुपर्ने भएकाले कुनै पनि कार्यक्रमको आयोजना गर्न सम्भव भएन । तथापि हामी जहाँ छौँ, विगतको आत्मसमीक्षा गरौँ र भविष्यमा अझ बढी व्यवस्थित, योजनाबद्ध र सक्रिय हुने प्रण गरौँ । स्थापना दिवसले हामी सबैलाई यही उर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छौँ ।

    जातीय र सांस्कृतिक रूपले खोलिएका जनजाति सङ्गठन नेपालमा धेरै पहिलेदेखि कृयाशील थिए तर जनजातिलाई राजनीतिक रूपले सचेत र सङ्गठित गरेर मात्र उनीहरुको मुक्ति सम्भव छ भन्ने धारणासहित स्थापना भएको यो पहिलो सङ्गठन हो । यसले नेपालको राष्ट्रियताको आन्दोलन, २०४६ र २०६२–६३ को जनआन्दोलन, २०५७–५८ को भाषा आन्दोलन, सङ्घीयता र जातिवाद÷क्षेत्रीयतावाद विरुद्धको सङ्घर्ष, नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न गरिएका सङ्घर्ष उल्लेखनीय छन् ।

    २०७४ को माघमा इटहरीमा चौथो महाधिवेशन सम्पन्न भएयता प्रदेश भेला, केही जिल्ला सम्मेलन र जिल्ला भेला, मुक्तकमैयाका विषयलाई लिएर कञ्चनपुर–दाङ अभियान, प्रकाशनका कार्य, राष्ट्रिय जनमोर्चाले आयोजना गरेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाकासम्बन्धी विभिन्न सङ्घर्षमा सहभागितालगागायतका काम भएका छन् । पूर्व निर्धारित कार्यक्रम कोरोना भाइरसले निम्त्याएको समस्याका कारण स्थगित भएका छन् । भविष्यमा उक्त कार्यक्रम सम्पन्न गरिने छ ।

    अहिलेसम्म विश्वभरि २० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण, एक लाख २६ हजारभन्दा बढीको मृत्यु र चार लाख ७८ हजारजना सञ्चो भएर अस्पतालबाट घर फर्किएको अवस्था छ । नेपालमा पनि यो वक्तव्य लेख्दासम्म १६ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ । तीमध्ये धेरैजसो विदेशबाट आएका छन् । विदेशबाट आएकाले स्थानीयलाई रोग सारिसकेको अवस्था छ । यदि व्यक्तिबाट समुदायमा रोग स¥यो भने भयावह स्थिति आउने छ । त्यो स्थिति आउन नदिन हामी सबैले सतर्कता अपनाउनुबाहेक अर्को विकल्प छैन ।

    यो विपत्तिका बेलामा भ्रष्टाचार, कालोबजारी र जिम्मेवारविहीन काम भएका समाचार आएका छन् । त्यस किसिमका मानवता र समाज विरोधी क्रियाकलाप गर्ने तत्त्लाई अविलम्ब कडा कारबाही गरियोस् । पहिलो कुरा वास्तविक विपन्न वर्गकोमा राहत पुगेको छैन । दोस्रो कुरा राहत वितरणमा पारदर्शिता कायम हुन सकेको छैन । खासगरी दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई सङ्कट सृजना भएको छ । सरकारी निकाय, राजनीतिक दल, सङ्घ÷सङ्स्था सबैले विपन्न वर्गलाई विपत्तिमा सहयोग गर्न आवश्यक छ । अहिले मूल रूपमा हाम्रो सङ्गठनका नेता तथा कार्यकर्ता साथीहरू लकडाउनमा बस्नुपर्ने छ ।तर स्थानीय प्रशासनसँग समन्वय गरेर राहत वितरण वा उद्धारका कार्यमा लाग्न सक्नुहुने छ । यस्तो बेलामा स्वास्थ्यकर्मी, फिल्डमा खटिने सुरक्षाकर्मी स्वयम्सेवीलाई उत्साहित बनाउने कार्य गरौँ । असामाजिक तत्त्वले फैलाउने अफवाहका पछाडि नलागौँ । धैर्यता, सतर्कता, आपसी सहयोग र सद्भावले यो विपत्तिबाट पार पाउन सम्भव हुने छ ।

    अन्त्यमा पुनः हाम्रो सङ्गठनको चौतिसौँ स्थापना दिवसको सन्दर्भमा र नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.