हेमलाल गौतम ##
Advertisement
राजतन्त्रको जगजगीमा
बिताएका ती दिनहरूले
अहिले पनि मन झस्काउँछ
त्यो ज्यादतीको कालरात्रीमा
भोगेका ती यातनाले
अहिले पनि तन चस्काउँछ
अझै राजा चाहिन्छ भन्नेमा
तिनै भूतका सन्तानहरू
देशमा उपद्रो मच्चाउँदै छन्
हिन्दु राज्यको त्यो एजेन्डामा
अरूको बेवास्ता गर्नेहरू
धर्म युद्धतिर घच्याउँदै छन्
गणतन्त्रवादी एकतामा
उठौँ सबै जनजनहरू
जनचेतनाको बिगुल फुक्दै
गरौँ एकता अनेकतामा
गणतन्त्रवादी जनहरू
जाने छन् ती सब सकल सुक्दै