• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाएका हुन् ।

    Advertisement

    यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले राजीनामा दिएका हुन् ।
    मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    केन्द्रमा हालै फेरिएको सत्ता समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा परेका थिए। नागरिक उन्मुक्ति पार्टीको समर्थन यथावत् रहेपनि सो पार्टीमा शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद देखिएको थियो ।

    मुख्यमन्त्री शाहले राजीनामापछि प्रदेश प्रमुखको निवासस्थानमा पत्रकारसँग सक्षिप्त कुरा गर्दै वर्तमान राजनीतिक परिस्थितिका कारण पदबाट राजीनामा दिएको बताए । उनले विश्वासको मत लिने तयारी गरिरहँदा सरकार गठनमा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु पक्ष र विपक्षमा विभाजित भएका थिए । योसँगै सो पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बुधबार मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान निर्देशन (ह्वीप) जारी गरेकी थिइन् ।

    सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुुसीराम डगौरा थारुले मुख्यमन्त्री शाहले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाई निर्देशन (ह्वीप) जारी गरेका थिए । सो पार्टीमा उत्पन्न विवादसँगै मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन सकस भएको थियो । मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक थियो ।

    नागरिक उन्मुक्ति पार्टीमा देखिएको किचलोसँगै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी नेत्री इन्दिरा गिरीलाई पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको पत्र बुधबार प्रदेशसभा सचिवालयमा पुगेको थियो । सो पार्टीका प्रदेशसभा सदस्यको सहयोगबिना फेरिएको नयाँ गठबन्धनका पक्षमा पनि बहुमत जुटाउन कठिन छ ।

    नागरिक उन्मुक्ति पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सङ्घीय र प्रदेश सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा उत्पन्न मतभेदले किचलो बढ्दै गएको छ ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् । एक सदस्य पद भने रिक्त छ ।

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.