• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कोरोनाले भयावह रुप लियो भने सरकारको तयारीले पुग्दैनः मसाल


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारको तयारी अत्यन्तै कमजोर भएको बताएको छ । आइतबार एक वक्तव्य प्रकासित गरी मसालले अहिले सरकारले गरिरहेको तयारी सामान्य अवस्थाका लागि मात्रै उपयुक्त रहेको भन्दै माहामारीले भयावह रुप लिए यस्तो तयारीले संक्रमणलाई रोक्न नसक्ने बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा नेपालमा कोरोनाले भयावह रुप नलिएपनि खतरा टरिनसकेको बताउनुभएको छ । उहाँले भारतमा कोरोना फैलिरहेकोले त्यसको सिधा असर नेपालमा पनि पर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ ।

    महामन्त्री सिंहले असहज अवस्थामा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता हुनु अक्षम्य अपराध भएको भन्दै सरकारले अनियमितताको छानबिन र दोषीमाथि कारबाही गर्न भन्दा ढाकछोप गर्नतर्फ लागेको पनि बताउनुभएको छ । यस्तै, उहाँले विश्वभरी रहेका नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न र भारतमा अलपत्र नेपालीको उद्दार गर्न पुनः दोहोर्याउनुभएको छ ।

    यस्तो छ वक्तव्य
    ‘सरकारले कोरोना भाइरसको सन्दर्भमा अपनाएका कतिपय नीतिहरूबारे नेकपा (मसाल) को दृष्टिकोण स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।

    १) सरकारले देशमा लगाएको लकडाउनलाई हाम्रो पार्टीले समर्थन गरेको छ र त्यसलाई कडाइपूर्वक लागू गर्ने आवश्यकतामा जोड दिंदै आएको छ । त्यो लकडाउनलाई यान्त्रिक प्रकारले लागू गर्ने सरकारको नीतिलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।

    २) लकडाउनको बेलामा स्वास्थ्य र उपचारबारे विशेष ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । तर त्यसको अर्थ जनताका समस्याहरूबारे पूरै आँखा चिम्लनु पनि सही हुन्न । लकडाउनबारे कडाइ गर्नुका साथै जनताका पीर, मर्का र समस्याहरूलाई अधिकतम रूपमा हल गर्न प्रयत्न गर्नुपर्ने आवश्यकता हुन्छ । तर त्यो पक्षप्रति सरकारले कमै ध्यान दिएको पाइन्छ र सरकारको त्यसप्रकारको नीतिलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

    ३) कोरोना भाइरस वा लकडाउनको स्थितिमा पनि कैयौँ देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई आफ्नो देशमा लैजान प्रयत्न गरेको पाइन्छ । वास्तवमा कुनै देशको सरकारको विदेशमा भएका नागरिकहरूप्रति पनि जिम्मेवारी हुन्छ र उनीहरूले त्यो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुपर्दछ । तर नेपाल सरकारले त्यसप्रकारको जिम्मेवारीप्रति सन्तोषजनक रूपले ध्यान दिएको पाइन्न ।

    ४) अहिलेको स्थितिमा विश्वव्यापी रूपमा फैलिएका नेपालीहरूलाई नेपालमा नै फर्काउनु व्यवहारिक दृष्टिकोणले सम्भव छैन । त्यसैले सामान्यतः हाम्रो देशका नागरिकहरू जुन देशहरूमा छन्, त्यही नै तिनीहरूको आवश्यक व्यवस्था गर्नको लागि नेपाल सरकारले प्रयत्न गर्नुपर्दछ । त्यसका लागि सरकारले आवश्यकतानुसार प्रभावशाली प्रकारले कुटनीतिक प्रकारले पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।

    ५) संसारभरका नेपालीहरूलाई तत्काल नेपालमा ल्याउनु सम्भव नभएपनि वा नेपालमा आउनका लागि आफ्ना आफ्ना स्थानहरूबाट हिडेर भारतीय सीमाहरूमा आएर बसेका करिब दुईहजार नेपालीहरूलाई उद्दार गरेर नेपालमा ल्याउनको लागि सरकारले ठोस पहलकदमी गर्नुपर्ने आवश्यकता छ । नेपालमा ल्याएपछि उनीहरूलाई कडा प्रकारले स्वास्थ्य परीक्षण गर्ने वा आवश्यकतानुसार क्बारेन्टाइनमा राख्न सकिन्छ । तर प्रधानमन्त्रीले भारतीय सीमाका ती नेपालीहरूलाई नेपालमा ल्याउने कुरामा ठाडै अस्वीकार गरेको देखिन्छ । प्रधानमन्त्रीले आफ्नो त्यो सोचाइमा पुर्न्विचार गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    ६) लकडाउनको स्थितिमा पनि विभिन्न व्यवहारिक कारणले काठमाडौँमा रोकिएर जिल्लाहरूमा जान नपाएका या जिल्लाहरूमा रोकिएर राजधानीमा आउन नपाएका व्यक्तिहरूलाई कम से कम २–३ दिनको लागि लकडाउन खुला गरेर उनीहरूलाई आफ्नो आफ्नो ठाउँमा जानका लागि अवसर दिनुपर्छ भन्ने कुरामा धेरैतिरबाट आवाज उठिरहेको छ ।

    उक्त स्थितिमा राजधानीमा भएका कैयौँ मानिसहरू डेरा वा खर्चको समस्याले अप्ठ्यारोमा परेका वा कतिपय जिल्लाहरूमा गएका मानिसहरू पनि राजधानीका आफ्ना घर वा परिवारमा आउन नसकेका कारणले धेरै पीर, मर्का परेको कुरा आम रूपमा थाहा भएको कुरा हो ।

    तर त्यो समस्याप्रति सरकारले ध्यान दिएको पाइन्न । हामीले दुईतीन दिनको लागि लकडाउन खुला गरेर त्यस्तो मर्का परेका मानिसहरूलाई राजधानिबाट बाहिर जान वा जिल्लाहरूबाट राजधानीम ाआउनको लागि एक पटकको लागि लकडाउन खुला गराउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    ७) हाम्रो सोचाइ यो छ कि त्यसरी राजधानीबाट बाहिर जान वा बाहिरबाट राजधानी आउन २–३ दिनको लागि लकडाउन खुला गरेपनि त्यसरी आउने जाने मानिसहरको सङ्ख्या ठूलो हुने छैन । किनभने लकडाउन सुरु हुनुभन्दा पहिले ठूलो सङ्ख्यामा मानिसहरू बाहिर गइसकेका छन् । त्यसैले अहिले बाहिर जाने मानिसहरूको सङ्ख्या अपेक्षाकृत कम हुने छ । बाहिरबाट राजधानीमा आउने मानिसहरूको सङ्ख्या पनि धेरे नै कम हुनेछ । त्यसैले अहिले त्यसरी बाटो खुला गर्दा पनि धान्न नै नसकिने गरी स्थितिमा धेरै बढी बोझ पर्ने छैन ।

    ८) समाचार माध्यमहरूमा प्रधानमन्त्रीसँगको भिडियो कन्फ्रेन्समा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले लकडाउन खुला गर्ने कुराको विरोध गरेका छन् । हामीले पनि लकडाउन खुला गर्नुपर्छ भन्ने कुरामा जोड दिएका छैनौँ । खाली राजधानीमा वा जिल्लाहरूमा बाध्यताववश रोकिएर बसेका मानिसहरू र भारतीय सीमामा रोकिएर बसेका मानिसहरूलाई नै आफ्नो आफ्नो ठाउँमा पुग्नको लागि सीमित रूपमा बाटो खुला गर्नुपर्ने माग गरेका छौँ । अहिले देशमा महामारी आइसकेको स्थिति पनि छैन । त्यसैले त्यसप्रकारको नीति अपनाउँदा खाली अहिलेको असहज स्थितिलाई सहज बनाउनको लागि मद्दत नै पुग्ने छ र त्यसबाट कुनै नोक्सान पुग्ने छैन भन्ने हाम्रो निश्चित मत छ ।

    ९) विभिन्न मुख्यमन्त्रीहरूले राजधानी वा भारतीय सीमामा रोकिएर बसेका मानिसहरूलाई आफ्ना आफ्ना जिल्लामा आउनदिने कुराको विरोध गरेको भन्ने समाचारप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यसरी मानिसहरू जिल्लामा आउँदा थप बोझ पर्ने र समाल्न मुस्किल पर्ने उनीहरूको तर्क छ । वास्तवमा उनीहरूले त्यसरी आफ्ना जिल्लाका मानिसहरू गाउँघरमा आउँदा स्वागत नै गर्नुपर्ने र उनीहरूको उपचारको लागि विशेष ध्यान दिनुपर्ने थियो । तर त्यसको विपरित उनीहरूको आवागमनलाई विरोध गर्ने सोचाइ सही छैन र हामीले मुख्यमन्त्रीहरूसित त्यसप्रकारको नकारात्मक दृष्टिकोणबारे पुर्न्विचार गर्नका लागि अनुरोध गर्दछौँ ।

    १०) अहिले हामीले राजधानीमा रोकिएका मानिसहरूलाई बाहिर जान, बाहिर भएका मानिसहरूलाई राजधानीमा आउन वा भारतीय सीमामा रोकिएका मानिसहरूलाई राजधानीमा आउन जोड दिनुको अर्थ कोरोना भाइरसको स्वास्थ्यसम्बन्धी जाँचलाई खुकुलो पार्नुपर्छ भन्ने अवश्य पनि होइन । त्यसरी आवागमन गर्ने मानिसहरूको कडाइपूर्वक स्वास्थ्य परीक्षण गरिनुपर्दछ वा उनीहरू मध्ये आवश्यक मानिएका व्यक्तिहरूलाई क्बारेनटाइमा राख्ने व्यवस्था पनि गरिनुपर्दछ । उक्त कार्य सम्पन्न गर्नको लागि आवश्यकताअनुसार स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीहरूको व्यवस्था गर्नुपर्ने आवश्यकतामा पनि हामीले जोड दिन्छौँ ।

    ११) अहिलेको कोरोना भाइरसले पैदा गरेको गम्भीर स्थितिमा सरकारले देशव्यापी रूपमा सबै राजनीतिक पार्टीहरू र जनता समेतसित व्यापक एकता गरेर स्थितिको सामना गर्न पहल गर्नुपर्ने आवश्यकता छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिबाट सरकारले त्यसबारे पूरै नकारात्मक दृष्टिकोण अपनाएको देखिन्छ । त्यसप्रकारको दृष्टिकोणलाई अहिलेको स्थितिमा अवश्य पनि सही भन्न सकिन्न । वास्तवमा अहिलेको स्थितिमा राष्ट्रिय स्तरका साथै जिल्ला र पालिका स्तरमा पनि कोरोना भाइरसका विरुद्धको युद्धमा व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसप्रकारको नीतिलाई अस्वीकार गर्ने सरकारको दृष्टिकोणले त्यसको ९सरकारको० एकाधिकारवादी सोचाइलाई नै बताउँछ र हामीले त्यसप्रकारको प्रवृत्तिको आलोचना गर्दछौँ ।

    १२) यसका लागि पनि हामीले सरकारको कडा आलोचना गर्न चाहन्छौँ कि कोरोना भाइरसले देशव्यापी रूपमा पैदा गरेको र लाखौँ मानिसहरूको जीवन गम्भीर जोखिममा पुगेको अवस्थामा पनि सरकारले कोरोना भाइरसका विरुद्ध आवश्यक पर्ने औषधी र उपचारका सामग्रीहरू खरिद गर्ने बेलामा भ्रष्टाचार र नाफाखोरीलाई प्रोत्साहन दिएको देखिन्छ । त्यो गम्भीर र आपत्तिजनक कार्य हो । त्यसप्रकारका कारवाहीहरूमाथि उच्च स्तरीय छानवीन र दोषिलाई कारवाही गर्नुपर्ने आवश्यकता भएको बेलामा सरकारले त्यसबारे एकप्रकारको मौनताको प्रदर्शन गरेको, भ्रष्टाचार र कमिशनखोरीलाई बचाउनुपर्ने र छुट दिने कार्यशैली अपनाएको देखिन्छ । हामीले त्यसप्रकारको भ्रष्टाचार, नाफाखोरी वा कमीशनखोरीको उच्च स्तरीय जाँच गरेर दोषिलाई सजाय दिनुपर्ने आवश्यकता जोड दिन्छौँ ।

    १३) अहिले स्वास्थ्यसम्बन्धी औषधी वा उपकरणहरूको खरिदको सन्दर्भमा मात्र होइन, आगामी दिनहरूमा पनि त्यसप्रकारको कुनै भ्रष्टाचार, नाफाखोरी वा कमिशनखोरीलाई रोक्नको लागि कडा कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ । त्यो अवस्थामा नै कोरोना भाइरसका विरुद्ध देशव्यापी रूपमा जनताको समर्थन र सहयोग प्राप्त गर्नु वा जनतालाई व्यापक रूपले गोलबन्द गर्नु सम्भव हुनेछ ।

    १४) हाम्रो देशमा अँझै पनि कोरोना भाइरसले महामारीको रूप लिइसकेको छैन । तर त्यसले महामारीको रूप लिने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । विश्वव्यापी रूपमा त्यसको बढ्दै गएको असर र छिमेकी देश भारतमा त्यसले सङ्क्रामक रूप लिंदै गएको पृष्ठभूमि समेतका कारणले हाम्रो देशमा त्यसले महामारीको रूप लिने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न ।

    अहिले सरकारले त्यसबारे जुन तयारी गरेको छ, त्यो अहिलेको सामान्य आवश्यकता पूरा गर्न पनि अपर्याप्त भएको देखिन्छ । त्यो (कोरोना भाइरस) देशमा अरू फैलिदै गएमा सरकारले अहिलेसम्म गरेको तयारी एकदम कम हुने कुरा प्रष्ट छ । त्यो बाहेक कोरोना भाइरसको सन्दर्भमा बढ्दै गएको भ्रष्टाचार, प्रशासनको कार्यक्षमताको कमी, स्वास्थ्य उपकरण, औषधी र स्वास्थ्यसम्बन्धी जनशक्तिको कमी समेतका कारणले स्थितिलाई सम्हाल्न मुस्किल पर्नेछ ।

    त्यसप्रकारको गम्भीर सम्भावनामाथि ध्यान दिंदै हामीले सरकार, सबै राजनीतिक दलहरू, सङ्घसंस्था र जनतामा समेत उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.