गोविन्दराज ओझा (राजन) ##
Advertisement
यो माटोले धेरै कुरा सिकायो नेपाली बन्नलाई
गौरव गर्नुपर्छ नेपाली भई शिर उठाई बाच्नलाई
सम्पूर्ण स्वाभिमानी नेपाली एक हुनुपर्छ
सबै नेपालीमा सद्भाव, एकता र भ्रातृत्व हुनुपर्छ
देशको इतिहासलाई जोगाई रहनुपर्छ
यो मातृभूमिको महानतालाई सम्झनुपर्छ
स्वाधीनता र स्वाभिमानका लागि प्रतिबद्ध रहनुपर्छ
अखण्ड यो प्यारो मातृभूमि नेपाल सबैले चिन्नुपर्छ
देश बनाउने कार्य हो यो एउटै उद्देश्य हुनुपर्छ
जन्मभूमि हो हाम्रो यही माटोमा रमाउनुपर्छ
यो माटोले धेरै कुरा सिकायो नेपाली बन्नलाई
गौरव गर्नुपर्छ नेपाली भई शिर उठाई बाच्नलाई