काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्।
Advertisement
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले २०७४ सालमा वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ ।
यस्तै, उनले झुटा विवरणको आधारमा अरु पनि नागरिकता वितरण गरेको प्रहरीले जनाएको छ ।
उनले राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ।
उपचारका लागि भारत जाने तरखरमा रहेका खरेललाई काभ्रेबाट पक्राउ गरिएको हो ।