• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।

    Advertisement

    पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

    परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उहाँले बताउनुभयो ।

    ‘किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ’, उहाँले भयो, ‘जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।’ पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताउनुभयो । उहाँले सुन्तला जातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । ‘राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ’, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।

    त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ । आब २०७५/०७६ मा सुन्तला जात र २०७६/०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो ।

    ‘पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना सुरु भएपछि सात सय ८० हेक्टरमा विस्तार भएको छ’, उहाँले भन्नुभयो, ‘सुन्तला जातमा भन्दा तरकारी जोनमा किसानले प्रतिफल लिन थालेका छन् । वार्षिकरुपमा छ समूहले रु एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन् । आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

    साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन् ।

    समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् ।

    उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो ।

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.