गैँडाकोट (नवलपुर) । नवलपुरमा अखिल नेपाल महिला सङ्घले एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
Advertisement
२०८० फागुन २५ गते (मार्च ८) शुक्रबारका दिन गैँडाकोटस्थित मसालचोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
महिला सङ्घ नवलपुरकी अध्यक्ष विष्णु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राष्ट्रिय जनमोर्चाका प्रदेश समिति सदस्य चन्द्र सापकोटा र अखिलल नेपाल युवक सङ्घका गोविन्द अम्माईले मन्तव्य राख्नुभएको थियो ।
लक्ष्मी सापकोटाको अध्यक्षता तथा लक्ष्मी विकको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
