काठमाडौं । मोरङमा एक किशोरीको हत्या भएको छ । पथरीशनिश्चरे–७ मा १४ वर्षीया किशोरी ज्ञानमती थुलुङ राईको धारीलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
Advertisement
सोमबार राति करिब १० बजे अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारीलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खोटाङको ऐसेलुखर्क वडा नम्बर ६ निवासी दानबहादुर राईकी छोरी ज्ञानमती फूपुको घरमा बस्दै आएकी थिइन्। ज्ञानमति पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्।
हत्यापछि हत्यारा फरार छन्। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठले जानकारी दिए।
घटनाबारे अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए।