राम गैरे पाल्पाली ##
Advertisement
आफ्नो सुरक्षा आफै गर नारी कानुन बनाएर ।
उठ जाग सत्य तथ्य खोज्ने हतियार समाएर ।१।
कति सहन्छ्यौ अत्याचार विरुवा सुरक्षित छैन ।
तथ्य निकाल्नुछ अपराधीलाई ठेगान लगाएर ।२।
जित हुन्छ भोलि आन्दोलित नारीको पहिचानले ।
भनिदेऊ राज्यसत्तालाई तिम्रो हँुकार पठाएर ।३।
के विकास हुन्छ जहाँ सामाजिक सुरक्षा हँुदैन ।
फुलेको फुल कहाँ फक्रिन्छ कोपिलामै अस्ताएर ।४।
निराश छन् आज सृष्टिका अभियन्ता नारीहरू ।
नतमस्तक भए किन धर्म संस्कृति शिर झुकाएर ।५।