बेलबारी (मोरङ) । मोरङको बेलबारीमा नवगठित कण लघुकथा मञ्च (कलम) ले पूर्वी तराईका लघुकथाकारको लघुकथा वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्राज्ञ विवश पोख्रेलको प्रमुख आतिथ्यमा २०८० फागुन १९ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि पोखरेलले नेपाली लघुकथाको सङ्क्षिप्त विकासक्रमको चर्चा गर्दै आफ्नो लघुकथा “गाउँसहर” वाचन गरेका थिए ।
विशिष्ट अतिथि अग्रज साहित्यकार शरण राईले आफ्नो लघुकथा वाचन गरेको सो कार्यक्रमका अन्य अतिथिमा बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, उपाध्यक्ष गणेश लामा ‘आँसु’, प्रलेस कोशी प्रदेश समितिकी अध्यक्ष तिला लेकाली, स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, साहित्यकारहरू ईरानराई, डिल्लीराम ओझा, शिव छाङ्छा, भरत गुरागाईँ, प्रेम गुरुङ रहेका थिए ।
धनजित पराजुली, विष्णु भण्डारी, राधा भट्टराई, राधा सुवेदी, पुष्पा शायरा, अनु विज्ञाति, शिव पराजुली, कुमार श्रेष्ठ, भूपाल अधिकारी, ऋषि तिवारी, अकेला अम्बिका, शुक्रराज कुँवर, रोशन पराजुली, पिपी कोइराला, श्रीप्रसाद पोख्रेल, सीता रेग्मी, केशव रिजाल, मञ्जुश्री गिरी, प्रिन्स प्रमोद ढकाल, सबिना श्रेष्ठ ‘सबी’, राजकुमार श्रेष्ठ, उषा तामाङ गरी २८ जनाले लघुकथा वाचन गरेका थिए ।
आयोजक कलम बेलबारीका अध्यक्ष दीपकुमार मङ्ग्रातीको अध्यक्षता तथा उनका मातापिता टीकामाया र धन्जुमान मङ्ग्रातीको स्मृतिमा सम्पन्न उक्त कार्यक्रम उपाध्यक्ष उमा सिजापती र सञ्चालन सचिव शारदा दाहाल भण्डारीले गरेका थिए ।
बेलबारी नपा–३ स्थित आदिवासी सभाकक्षमा सम्पन्न सो लघुकथा वाचन कार्यक्रममा झापा, मोरङ र सुनसरीका गरी ६० जना साहित्यकारको उपस्थिति रहेको थियो ।