• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतबाट आउने क्रम जारी रहेपछि नाका-नाकामा बढाइयो सशस्त्रको पोष्ट


  •   बुधबार, चैत २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेर सीमा बन्द गरेपछि पनि भारतबाट आउने क्रम नरोकिएपछि सहायक नाकाहरुमा सशस्त्र प्रहरीको पोष्ट बढाइएको छ । नेपालसँग सीमा जोडिएका विभिन्न जिल्लाका सहायक नाकाबाट हुने आवतजावतलाई रोक्न १५ देखि २५ जनासम्म सशस्त्र प्रहरी परिचालन हुने गरी अस्थायी पोष्ट स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    Advertisement

    झापामा थपिए ५८ पोष्ट
    भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको आठ वटा स्थायी पोस्ट पहिल्यैदेखि तैनाथ थिए।  आवतजावत हुने मुख्य गौडाको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताउनु भयो । लकडाउन उल्लंघन गर्दै सीमा क्षेत्रमा हुनसक्ने चोरी–तस्करी, लागुऔषधको कारोवार, अनाधिकृत प्रवेशलाई रोक्न सशस्त्र प्रहरी बल सक्षम रहेको उहाँले बताउनु भयो ।

    भारतको विहार र पश्चिम बंगाल प्रान्तमा कोरोना संक्रमणबाट मृत्युसमेत भइरहेको अवस्थामा खुला सीमाबाट हुने लुकीछिपी आउजाउले कोरोना भाइरस फैलिने जोखिम भएका कारण त्यसलाई रोक्न नेपाल सरकारको निर्देशनबमोजिम सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा ध्यान केन्द्रित गरेको उहाँले बताउनु भयो ।

    झापाको उत्तरी सीमा पश्चिम बंगालको दार्जीलिङ जिल्लासँग जोडिएको छ भने भद्रपुरदेखि गौरीगञ्जसम्मको सीमा क्षेत्र विहारको किसनगञ्ज जिल्लासँग जोडिएको छ । सशस्त्र प्रहरी बलका २५० भन्दा बढी सुराक्षाकर्मी पहिल्यैदेखि सीमा सुरक्षामा तैनाथ थिए भने अहिले सयभन्दा बढी जनशक्ति थप परिचालन गरिएको छ ।

    लकडाउन र नाका बन्द भएयता झापाको बाहुनडाँगी, भद्रपुर, केचना, गौरीगञ्ज, टाघनडुब्बा लगायतका सीमा क्षेत्रबाट २६ व्यक्ति अनधिकृत रुपमा नेपाल प्रवेश गरेको फेला परेको छ। उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।  लकडाउन र नाका बन्द हुँदा लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरुसमेत सीमा क्षेत्रमा सलबलाउन थालेका छन्।

    प्रदेश २ का ८ जिल्लामा २२९ पोष्ट थपिए
    त्यस्तै, नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सक्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लंघन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको संख्या ३२९ बनाएको छ ।

    लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट संख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिनुभयो । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उहाँले बताउनुभयो ।

    कञ्चनपुरमा ११ अस्थायी पोष्ट थप
    यता, भारतबाट फर्केका कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । लकडाउनका समयमा पनि मुख्य नाका बाहेक विभिन्न अन्य सहायक नाकाको प्रयोग गर्दै मजदुरीका लागि भारतमा रहेका नेपाली भित्रिन थाले पछि सशस्त्र प्रहरीले सीमामा कडाई गरेको हो ।

    लकडाउन कडाईका साथ लागू गर्न कञ्चनपुरस्थित नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्ट थप गरिएको छ।कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीसम्म विभिन्न ठाउँमा ११ वटा अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका एसपी वीरबहादुर साहुले बताउनु भयो । उहाँका अनुसार नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्टमा दुई सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

    कञ्चनपुरको पुनर्वास नगरपालिका डोकेबजार नजिकै दोदा, पुनर्वास नगरपालिकाकै खल्लाककड, बेलौरी नगरपालिका–१ बसई, बेलौरी नगरपालिका–२ थापाचोक, बेलौरी नगरपालिका–१० भुडा, महाकाली नगरपालिका–१० कुतियाकबर, महाकाली नगरपालिका–२ गडिगोड, झोलुङ्गे, भीमदत्त नगरपालिका–१२ ऐरीघाट, भीमदत्त नगरपालिका–९ जिमुवा र भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा सशस्त्रको अस्थायी पोष्ट स्थापना गरिएको हो।

    बुधबार, चैत २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.