• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लेनिनवाद र कम्युनिस्ट नैतिकता


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • आरसी भट्ट ##

    Advertisement

    लेनिन सर्वहारा वर्गका महान्, सच्चा र वास्तविक कम्युनिस्ट नेता थिए । उनको उच्च नैतिकता र आचरण श्रमिक जनताअनुकूलको थियो । लेनिनलाई षड्यन्त्रमाथि कुनै विश्वास थिएन । राजनीतिक, कूटनीतिक गुणले सम्पन्न भएका लेनिनले प्रतिबवद्धता दर्साएपछि त्यसलाई पूरा गर्ने गर्दथे ।

    लेनिन क्रान्तिका महान सारथी भएकाले उनले रणनीति र कार्यनीतिको विषयमा गम्भीर चिन्तन गरेका छन् । रणनीतिलाई उनले निश्चित गरेर कार्यनीतिको ठेगान गरेका छन् । यी सबै कुरा उनले आफ्नो सैद्धान्तिक तथा राजनीतिक मूल्य र आचरणको सीमाभित्र बसेर गरेका थिए । उनको सैद्धान्तिक तथा राजनीतिक मूल्य र आचरण सर्वहारावादी थियो । त्यसैले सर्वहारा वर्गलाई फाइदा हुने प्र्रकारले उनले आफ्नो राजनीतिक व्यवहार प्रदर्शन गरेका थिए तर त्यसो गर्दा पनि उनले दुस्मनका विरुद्ध षड्यन्त्रको तरिका अपनाएनन् ।

    उनले दुस्मनको वर्गीय र राजनीतिक चरित्रको विश्लेषण गरेर त्यसका विरुद्धका ठोस कार्यक्रम प्रस्तुत गरेका थिए ।

    षड्यन्त्र र आतङ्कवादी गतिविधिलाई उनले अस्वीकार गरेका थिए । आफ्नै दाजु अलेक्जेन्डर, जसलाई जारको हत्याको अभियोगमा फासी दिइएको थियो, लेनिन आफ्ना दाजुको फासीबाट दुखित भएको भए पनि दाजुले लिएको बाटोमा हिँड्न अस्वीकार गरे किनभने लेनिनलाई षड्यन्त्र र आतङ्ककारी गतिविधि र तरिकासित कुनै पनि विश्वास थिएन । त्यसैले उनले दाजुको फासीबाट नकारात्मक शिक्षा लिएर दुस्मन पक्षमाथि विजय प्राप्त गर्न सकिने वास्तविक मार्गतर्फ अग्रसर भए ।

    लेनिनको क्रान्तिकारी नैतिकताले उनलाई दाजुभन्दा भिन्न अवस्थामा उभ्याइदियो । दुस्मनलाई षड्यन्त्रद्वारा होइन, रणनीतिद्वारा पराजित वा समाप्त गर्न सकिन्छ भन्ने लेनिनलाई पूरा विश्वास रहेको थियो । त्यसैले लेनिनले जनतासितको सम्बन्धलाई प्राथमिकतामा राखे । सर्वहारा वर्गलाई विजयी गराउन, दुस्मनशक्तिको सामना गर्न योग्य बनाउन त्यो वर्गको सुदृढ राजनीतिक सङ्गठन चाहिन्छ र त्यसले सर्वहारा वर्गको क्रान्तिमा नेतृत्व दिनुपर्छ भन्ने निष्कर्ष दिएर लेनिनले सङ्गठनात्मक, राजनीतिक, सैद्धान्तिक र दार्शनिक क्षेत्रमा धेरै ठुलो योगदान दिए ।

    सन् १९०५ को क्रान्तिमा पराजित भएका कारणले लेनिनले सर्वहारा वर्गलाई हतोत्सायी हुन दिएनन् । उनले सर्वहारा वर्गलाई थप सचेत र प्रशिक्षित बनाउनेतर्फ नै ध्यान दिएका थिए । उनी उच्च नैतिक बल भएका र निष्कलङ्क छवि भएका व्यक्तित्व भएका कारणले सर्वहारा वर्गको मुक्तिको प्रश्नबाहेक उनलाई अरू कुनै लोभ थिएन । त्यसकारण उनले सर्वहारा वर्गलाई मुक्तिको बाटोबाट विचलित हुन नदिन हर पल प्रयत्न गरिरहे । राजनीतिक कार्यदिशामा हेरफेर गरे । क्रान्तिको परिस्थिति निर्माण भएको बेलामा काम गर्ने तरिका र कार्यदिशाको पक्षलाई निश्चित गर्दै सर्वहारा वर्गलाई सङ्घर्षरत गराए ।

    लेनिनले कम्युनिस्ट पार्टीका सदस्यलाई नैतिकवान्, जिम्मेवार र कामकाजी बनाउनुपर्नेमा जोड दिएका थिए । कम्युनिस्ट पार्टीका सदस्यले जनताका बिचमा स्वच्छ छविका साथ काम गर्नुपर्दछ । उनले प्रतिपादन गरेको सङ्गठनात्मक सिद्धान्तले कम्युनिस्ट पार्टीलाई मात्र होइन, त्यसका सदस्यलाई पनि अनुशासित र दायित्वबोध गर्नका लागि योग्य बनाउने गर्दछ ।

    आजको युग लेनिनवादी युग हो । साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नका लागि सर्वहारा वर्गले धारण गर्ने हतियार भनेको लेनिनवाद नै हो तर सर्वहारा वर्ग उक्त हतियार धारण गर्न योग्य हुनुपर्दछ ।

    साम्राज्यवादी संस्कृतिको प्रभावबाट मुक्त नभएमा सर्वहारा वर्गीय नैतिकता र आचरण निर्माण गर्न कठिन हुन्छ । त्यो अवस्थामा सर्वहारा वर्गले लेनिनवादको मार्गमा आफूलाई हिँडाउन सक्दैन । त्यसरी क्रान्तिको काम धेरै पछाडि पर्न जान्छ ।

    विश्वको राजनीतिमा र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि नैतिकताको धेरै नै खडेरी परेको पाइन्छ । कतिपय अवस्थामा कम्युनिस्ट र बुर्जुवाले पनि उच्च नैतिकता प्रदर्शन गरेका हुन्छन् तर कैयौँको पतन हुने गरेको पनि छ । कतिपयले पुरानो सत्तासँग साँठगाँठ गरेर आफ्नो फाइदाका लागि सौदाबाजी गर्दछन् र आफूले अपनाइरहेको सिद्धान्त, राजनीति र आदर्शलाई परित्याग गर्दछन् । कतिपयको नराम्रोसँग पलायन हुन्छ र पदप्रतिष्ठाको खोजीमा लाग्दछन् । कतिपयले भौतिक सुखसुविधाका लागि आफूलाई पतन गराउँछन् भने कतिपय कठिन परिस्थितिको सामना गर्न नसकेर पलायन हुन्छन् र दुस्मन पक्षसँग मिल्न पुग्दछन् तर यसको विपरीत लेनिनले क्रान्तिकारी नैतिकता प्रदर्शन गरेका छन् । उनले प्रतिकूल परिस्थितिमा पनि माक्र्सवादको रक्षा गर्नुका साथै त्यसलाई कार्यान्वयनमा लैजानका लागि धेरै मिहिनेत गरेका थिए । उनलाई कालापानीको सजाय गरिएको थियो तर पनि उनी विचलित भएनन् र लगातार सर्वहारा वर्गलाई सङ्गठित गर्ने काममा लागिरहे । जस्तोसुुकै प्रतिकूल परिस्थितिमा पनि क्रान्तिमा दृढतापूर्वक लागिरहनु उनको उच्च नैतिकता र आचरण हो । अवसरवाद उनको नजिकमा पनि आउन सकेन । उनले अवसरवाद र संशोधनवादको धज्जी उडाएर क्रान्तिकारी सिद्धान्तको रक्षा गरेका थिए ।

    लेनिनवाद सर्वहारा वर्गको उद्देश्यको राजनीतिक र सैद्धान्तिक मार्गदर्शक सिद्धान्त मात्र होइन, त्यो जीवनसंस्कार र सामाजिक सांस्कृतिक पक्षलाई मार्गदर्शन गर्ने महान् दर्शन, सिद्धान्त र विचार पनि हो । लेनिनवादले सामूहिक जीवन जिउने मार्गमा सर्वहारा वर्गको नैतिक आचरणलाई सम्बन्धन गरेको छ । उत्पादनका साधनमाथिको सामूहिक स्वामित्वको नीति सर्वहारावर्गीय आर्थिक आचरण हो । त्यसले व्यक्तिगत स्वार्थको स्थानमा सामूहिक स्वार्थबारे सोच्ने दृष्टिकोणको विकास गराउँछ । त्यसरी सामूहिक हितको नैतिक आचरण निर्माण गराउनका लागि लेनिनवादले हामीलाई मार्गदर्शन गराउँछ ।

    लेनिनवाद साम्राज्यवाद विरोधी संस्कार र सांस्कृतिक पद्धति हो । सर्वहारा वर्गले मात्र साम्राज्यवादलाई परास्त गर्ने भएकाले लेनिनवादी संस्कार र सांस्कृतिक आचरणले त्यो वर्ग समृद्ध भएको हुन्छ । अवसरवाद, भड्काव, संशोधनवाद, साम्राज्यवादका विरुद्धको संस्कार लेनिनवाद भएकाले यसलाई नअपनाएर सर्वहारा वर्गले क्रान्तिको लक्ष्य प्राप्त गर्न सक्दैन । त्यसैले सर्वहारा वर्गले लेनिनवादको झन्डा उठाएर आफूलाई गौरवान्तित तुल्याउनुपर्दछ ।

    (२०८० वैशाख ९ गते लेनिनजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत मन्तव्यको सारांश । सम्पादन : रामप्रकाश पुरी)

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.