काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा चोरी भएको छ।
Advertisement
काभ्रेपलाञ्चोक चौरीदेउरालि गाँउपालिका ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठको २६ दिनकी छोरी एक अपरिचित महिलाले चोरेर फरार भएकी अस्पताल स्रोतले जनाएको छ ।
‘बच्चा चोरिएको भन्ने आएको छ । थप विवरण आएको छैन’ स्रोतले भन्यो ।
ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगि फरार भएकी थिइन् ।
बच्चा चोरी गरेर भाग्ने महिलाको प्रहरीले खोजी भइरहेको प्रहरीको भनाई छ ।