विष्णु शर्मा ##
केही रूपमा पूरा भए सङ्गठनका माग
भारतवासी नेपालीलाई राहत मिल्यो आज ।
कैले भेट्यो राज्य सरकार कहिले केन्द्र सरकार
नागरिकताले सिम मिल्ने घोषणा भयो भर्खर ।।
लाग्नुभयो अभिभावक दिन अनि रात
भारतवासी नेपालीको थियो सधैँ साथ ।
भोक तिर्खा नभनेर लाग्नुभयो सारा
सधैँभरि लाचार छ सरकार गरिबमारा ।।
नागरिकको पक्षमा बोल्ने होइन कहिल्यै
हाम्रो देशका सरकारहरू हुतिहारा जहिल्यै ।
सरकारले गर्ने काम मूल प्रवाहले गर्ने
जनताका जवाफदेहिता भुडी मात्र भर्ने ।।
सङ्गठन गर्न पनि सजिलो कहाँ छर
दिनरात खटिदा नि पाइँदैन वर ।
राजनीति गर भन्छन् नेपालमै गई
कोही ठाउँबाट फर्किनुपर्छ अपमानित भई ।।
सङ्गठनले सिकाएन हाम्लाई हिम्मत हार्न
निडर बन्ने खुराक दियो राम्रो काम गर्न ।
त्यसैले त भन्छौ सबलाइ संगठनमा आऊँ
सङ्घलाई उत्कृष्ट बनाउन ठाउँठाउँबाट लाऊँ ।।
यही हो हाम्रो अभिभावक यही हो हाम्रो घर
परदेशमा यति सुन्दर मार्गदर्शक कहाँ पाइन्छ र
भारतभरि फहराऊ हामी हाम्रो रातो झन्डा
हाम्रो हक खोस्नेलाई चलाऊ हामी डन्डा ।।