दीप गोले तामाङ ##
Advertisement
जीवन एक सङ्घर्ष हो चुनौतीसँग लड्दै छु ।
सच्चा विचार बोकेर आस्था उच्च पार्दै छु ।१।
दुनियाँ यहाँ आफ्नै सपनामा रमेको बेला ।
मभित्रको मेरो भन्ने म सबै इच्छा मार्दै छु ।२।
हो, बुझौँ अब मेरो भन्ने चिज नै छैन यहाँ ।
कथित मभित्रका मेरो म स्वार्थ गाड्दै छु ।३।
यो पृथ्वी हाम्रो हो हामी सबैको अधिकार छ ।
दुनियाँका मुहार मुस्कुराउने म सपना बोक्दै छु ।४।
२०८० फागुन ७ गते