भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अखिल नेपाल महिला सङ्घको प्रथम भेला सम्पन्न भएको छ ।
महिला सङ्घकी केन्दीय सदस्य बालकुमारी आचार्यको प्रमुख आतिथ्यमा २०८० फागुन ७ गते सोमबारका दिन सो भेला सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य देवी शर्मा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डमर केसी, महिला सङ्घकी प्रदेश सदस्य सीता क्षेत्री, राजमो चितवनका अध्यक्ष अमर क्षेत्री, महिला सङ्घकी जिल्ला सदस्य पुष्पा थापा र माया भण्डारी, राजमो जिल्ला सदस्य लक्षण चालिसे तथा केएन शर्मालगायतको आतिथ्य रहेको थियो ।
अध्यक्षमा लक्ष्मी चालिसे
भेलाले लक्ष्मी चालिसे अध्यक्ष रहनुभएको ११ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिमा सचिव भगवती शर्मा, कोषाध्यक्ष विष्णु क्षेत्री तथा सदस्यहरू पार्वती ढकाल, कुमारी थापा, चित्रा पौडेल, भीमकुमारी क्षेत्री,डेमकुमारी क्षेत्री, पुष्पा थापा र पूर्णकला चालिसे रहनु भएको छ ।

भेलालाई कालिदास सुवेदी र विष्णु क्षेत्रीले बधाई दिनुभएको थियो ।
भेलाको अध्यक्षता लक्ष्मी चालिसेले, स्वागत मन्तव्य विष्णु क्षेत्रीले र सञ्चालन भगवती शर्माले गर्नुभएको थियो ।
