कृष्णा राना ##
Advertisement
मातृभुमि गुहार माग्दै
भन्छिन मलाई बचाऊ
मेरो छातीमाथि परेड
खेल्नेलाई भगाऊ ।१।
मातृभूमि भन्ने गर्छिन्
मेरो अस्तित्व जोगाऊ
ममाथि गिद्धे नजर
लाउनेलाई धपाऊ ।२।
मातृभूमि भन्ने गर्छिन्
उजाड मलाई नबनाऊ
परिश्रमी हातहरूले
हराभरा बनाऊ ।३।
मातृभूमि भन्ने गर्छिन्
सारा नेपाली एक होऊँ
विश्वमा नै नेपालीको
एकता देखाऊ ।४।