रवि पौडेल ##
Advertisement
छुट्टै हुनुपर्छ फोहोरको नाली ।
भ्रष्टाचारीलाई अब गर्नुपर्छ खाली ।१।
शाषकले बनायो युवालाई रुँदै हिँड्ने ।
बिहान–बेलुकी रित्तै छ गरिबको थाली ।२।
फर्कंदै छौँ विदेशबाट हामी पनि हेर ।
दलालहरू फ्याक्ने छौँ ल्याउने छौ लाली ।३।
भ्रष्टाचार मौलाउँदै छ दिनदिनै देशमा ।
उत्रने छन् जनता अब नाग झैँ काली ।४।
चुनावकै बेला सबै फर्कंदै छौँ देशमा ।
राष्ट्रघातीलाई हराउने छौँ यसपालि ।५।
अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लुम्बिनीद्वारा आयोजित कार्यक्रममा वाचित