सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबाङमा वडा कार्यालयको पहलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
Advertisement
सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपाङ्ग तथा एकल महिलालाई अर्काे वडामा रहेको बैङ्कमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दु:ख भएपछि वडा कार्यालयबाटै २०८० फागुन ४ गते शुक्रबारदेखि भत्ता वितरण गरिएको हो ।
वडा कार्यालयमै बैङ्कका कर्मचारी पुगेर भत्ता वितरण गरेका छन् ।
वडाबाटै भत्ता बुझ्न पाएपछि स्थानीय वृद्धवृद्धा पनि खुसी भएका छन् ।
गाडी चढेर घण्टौ लाइनमा बसी बैङ्कमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि वृद्धवृद्धा खुसी भएका हुन् ।