पाल्पा । पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
Advertisement
३० जना भन्दा बढी सवार रहेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गर्दा दुर्घटना भएको हो ।
८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्।
अन्यको परिचय खुल्न बाँकी छ।
दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
यी हुन् घाइते
