काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरूले पूर्व र पश्चिम नेपालबाट एकसाथ सुरु गरेको ‘न्याय मार्च’ आज चितवन पुग्दै छ ।
माघ १६ गते पूर्वबाट झापाको काँकडभिट्टा र पश्चिम कञ्चनपुरको गड्डाचौकीबाट एकसाथ न्यायको माग गर्दै पैदल यात्रा सुरु भएको थियो ।
पीडितहरू आज फागुन १गते चितवनमा जम्मा भएर काठमाडौं जाने योजनामा रहेका छन्। ।
२ सय जना मिटरब्याजपीडित पूर्वी नाका काँकडभिट्टाबाट पैदल मार्च गर्दै १५ औं दिनमा आज हेटौंडा आइपुगेका हुन्। यस्तै, सोही संख्यामा रहेका पीडितहरू माघ १६ गते नै पश्चिमी नाका गड्डाचौकीबाट हिँडेका थिए ।
मिटरब्याजसम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधको रूपमा छानबिन गर्न शक्तिशाली आयोग गठनको प्रमुख मागसहित आन्दोलन सुरु गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले बताए ।
आज साँझ चितवनमा आराम गरेपछि भोलि बुधबार दुवै टोली मिसिएर काठमाडौंतर्फ लाग्ने कार्यक्रम छ ।