काठमाडौं । सुन तस्करीबारे जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको छ । आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो।
Advertisement
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएपछि आयोगले उनीसँग बयान लिएको हो । दावा पुर्पक्षका लागि थुनामा छन्।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोगका एक सदस्यले बताए।
यसअघि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग पनि आयोगले बयान लिएको थियो।