काठमाडौं । गएको वर्ष सन् २०२३ मा नेपालबाट ४ सय ५९ विदेशी नागरिकलाई देश निकाला गरिएको छ ।
Advertisement
अघिल्लो वर्ष नेपालबाट निष्काशनमा पर्ने विदेशी नागरिक ५ सय ७० जना थिए।
सन् २०१७ मा निष्काशित हुने विदेशीको संख्या ५ सय ५९ थियो भने २०१८ मा ६ सय ७८ थियो।
यस्तै, २०१९ मा ६ सय ७१ जना, २०२० मा ३ सय ३२ जना र २०२१ मा ३०८ जना निष्कासनमा परेका थिए।
निष्कासित भएकामध्ये भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरूको संख्या बढी रहेको छ।
राज्य व्यवस्था समितिको बैठकमा अध्यागमनसम्बन्धी छलफलका लागि वितरित सामग्रीमा यो तथ्यांक प्रस्तुत गरिएको छ।
समितिको बैठक सिंहदबारमा चलिरहेको छ।