दीप गोले तामाङ ##
हो, म आजबाट यो कुरा बुझ्दै छु
हराएका सत्य खोज्दै छु
दबिएका आवाज
निरासाले बाटो बिराएका
गन्तव्यमा पुग्न नसकेर थाकेका
मनै मारेर बसेका
तमाम शोषितपीडित
खोजेर
म उठेर हिँड्दै छु
भनिन्छ नि
राजनीतिमा भाग नलिनुको
यही हुन्छ सबैभन्दा दण्ड ठुलो
मूर्ख मान्छेले तपाईंमाथि
गर्न थाल्दछन् शासन
हो, आज यो कुरा
सत्य सावित भएको छ
तिमी भन्थ्यौँ नि
नेपालमा बसेर केही हुन्न
तिम्रो इमानदारिताको फाइदा
शासकले भरपूर उठाइरहेछ
तिमी जति निराशाले
भाग्छौ—उठ्दैनौँ
यति नै
देश हिँड्ने छ बर्बादीको बाटोमा
हो आज म यो कुरा बुझेर
हिँड्दै छु, हिँडिरहेको छु
तिमी थाकेर हुन्न
भागेर हुन्न
अर्कोको देशमा रगत र पसि
बेचेर हुन्न
अर्कोको युद्धमा जीवन अर्पण
गरेर हुन्न
आज देशले
युवा दिदीबहिनी
आमाबाबु, नानीबाबु, विद्यार्थी
मजदुर–किसान
सबै सबैलाई आआफ्नो ठाउँबाट
मुक्तिको बाटोमा खोजिरहेको छ
आह्वान गरिरहेको छ
ढिला नगरिकन
हो, म उठिसकेँ
म हिँडिसके
न्यायका आवाज बोकेर
ती झुपडी गाउँसहर, गल्लीमा
सत्यको बुझ्न बुझ्न सकिँदैन झट्ट
त्यसलाई बुझ्न पढ्नुपर्छ
सारा अन्याय मुक्त पार्न
मुक्तिको बाटो हिँड्नसपर्छ
हो म क्रान्तिको बाटो हिँड्दै छु ।