• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिकी चिडियाखानामा बाघलाई पनि कोरोना संक्रमण


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट संकलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।

    Advertisement

    प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।

    चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।

    पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।

    तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

    भिन्न प्रजातिमा नयाँ संक्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।

    चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्। ‘तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो’ ब्रोङ्स जूले भन्यो।

    सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्। त्यहाँ भएका वन्यजीव र कर्मचारीको सुरक्षाका लागि अब नयाँ उपाय अवलम्बन गरिनेछ।

    ‘अमेरिकामा घरमा पालिएका कुकुर वा बिरालोसहित पशुबाट मानिसमा कोभिड–१९ सरेको कुनै प्रमाण छैन’ ब्रोङ्स जूको विज्ञप्तिमा उल्लेख छ।

    संरक्षणविज्ञहरूले कोरोनाभाइरसका कारण मानव जातिको नजिकैका नातेदार ग्रेट एप भनिने गोरिला, चिम्पान्जी र ओराङ्उटानजस्ता जीव जोखिममा भएको चेतावनी दिएका छन्। बीबीसी

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.