• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

अमेरिकी चिडियाखानामा बाघलाई पनि कोरोना संक्रमण


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट संकलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।

    Advertisement

    प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।

    चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।

    पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।

    तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

    भिन्न प्रजातिमा नयाँ संक्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।

    चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्। ‘तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो’ ब्रोङ्स जूले भन्यो।

    सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्। त्यहाँ भएका वन्यजीव र कर्मचारीको सुरक्षाका लागि अब नयाँ उपाय अवलम्बन गरिनेछ।

    ‘अमेरिकामा घरमा पालिएका कुकुर वा बिरालोसहित पशुबाट मानिसमा कोभिड–१९ सरेको कुनै प्रमाण छैन’ ब्रोङ्स जूको विज्ञप्तिमा उल्लेख छ।

    संरक्षणविज्ञहरूले कोरोनाभाइरसका कारण मानव जातिको नजिकैका नातेदार ग्रेट एप भनिने गोरिला, चिम्पान्जी र ओराङ्उटानजस्ता जीव जोखिममा भएको चेतावनी दिएका छन्। बीबीसी

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.