काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगपालिका–३ कौशलटार बस्ने वर्ष ३१ को सन्जन प्रजापतीले रहेका छन्।
उनले रामप्रसाद साह समेत ७ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
पीडितहरुबाट पटक पटक गरी १४ लाख ३५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको मंगलबार कौशलटारबाट पक्राउ गरेको जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।