• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । सङ्घीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो ।

    जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडक, बडिगाड–रणसिंहकिटेनी सडक, दमेक–दूर्लेबेसी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड विनियोजन भएको इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुन लागेको उहाँको भनाइ छ । सडक फराकिलो बनाउने, नाली निर्माण र कतै ढलान गरिने उहाँले बताउनुभयो ।

    ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुरका लागि रु एक करोड, क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनीका लागि रु एक करोड, पाखुट्टे–झिम्पा–निसी सडकका लागि रु ५० लाख, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडकका लागि रु एक करोड, बडिगाड–रणसिंहकिटेनी सडकका लागि रु ५० लाख सहिदमार्ग स्तरोन्नति रु एक करोड, दमेक–दूर्लेबेसी सडकका लागि रु एक करोड, बागलुङ–बेनी सडक मर्मतका लागि रु एक करोड ३३ लाख विनियोजन भएर कार्यान्वयनमा गएको उहाँको भनाइ छ ।

    इञ्जिनियर अधिकारीले भन्नुभयो, “अघिल्लो वर्ष विभिन्न सडकमा निर्माण कम्पनीले काम गरेका थिए, करिब रु चार करोड भुक्तानी गर्न बाँकी छ, यस वर्ष पनि यहाँका केही सडकमा काम हुँदैछन्, योजना परेका अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुँदैछन् भने केही ठेक्का प्रक्रियामा गएका छन्, यस वर्ष केही सडक मर्मत पनि हुँदैछन्, बजेट निकै कम आउँदा योजना कार्यान्वयनमा निकै समस्या हुने गरेको छ, करोडौँका योजना छन्, निकै कम बजेट विनियोजन हुन्छ ।”

    पालिका केन्द्र गलकोटदेखि पाण्डवखानी रमुवा ३५ किलोमिटर टाढा छ । अहिलेसम्म सडक स्तरोन्नति नहुँदा प्रशासनिक कामका लागि पालिका केन्द्र आउन पाँच घन्टा र जिल्ला सदरमुकाम पुग्न आठ घन्टा लाग्ने स्थानीयवासीको भनाइ छ ।

    “यो गाउँ पालिकाको केन्द्रदेखि धेरै टाढा छ, सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरि यात्रा गर्नुपर्ने स्थिति छ, जिल्ला सदरमुकाम पुगेर फर्कन त झनै कठिन छ”, स्थानीय मनिक घर्तीमगरले भन्नुभयो, “एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारीरुपमा काम हुन सकेको छैन, सडक निकै अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पुर्‍याउन बढी समस्या हुने गरेको छ, एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न पनि समस्या हुन्छ ।”

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.