• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : विश्वकर्मा (भिडियोसहित)


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभएको छ । २०८० माघ २२ गते सोमबार संसद्को पन्ध्रौँ अधिवेशनमा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    Advertisement

    मन्तव्यको क्रममा उहाँले प्रतिगामी तत्त्वहरूले छाती खोलेर सडकमा आउने स्थिति किन देखा पर्‍यो ? यसबारे उत्तर खोज्न आग्रह गर्दै उहाँ उपर्युक्त प्रसङ्गमा प्रवेश गर्नुभएको थियो ।

    “हामीले बलिदानी दिएर ल्याएको व्यवस्था हो यो’ उहाँले भन्नुभयो– ‘तर यतिखेर प्रतिगामी, पुनत्थानवादी तत्त्वहरू छाती खोलेर यो लोकतान्त्रिक व्यवस्थाको विरुद्धमा बोलिरहेका छन् । यस्तो किन भयो ? सरकारले यस विषयमा विचार गर्नुपर्दछ ।’

    उहाँले ठोकुवा गर्दै भन्नुभयो– ‘लोकतन्त्र, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

    सांसद विश्वकर्माले पुनरुत्थानवादीहरू नेपालीको इतिहासलाई पछाडि फर्काउन खोजेको आरोपसमेत लगाउनुभयो ।

    ‘प्रतिगामी तत्त्वहरू देशलाई, देशको इतिहासलाई पछाडि फर्काउन खोजिरहेका छन्’ उहाँले भन्नुभयो– ‘हामीले देशलाई अगाडि बढाउनुपर्दछ । त्यसका लागि लोकतन्त्रको रक्षा गर्नुपर्दछ । यसमा हामी सबै सचेत बनौँ ।’

    हरेक क्रान्तिपछि प्रतिक्रान्ति हुने विश्व इतिहास स्मरण गर्दै उहाँले नेपालमा पनि यस्तो हुन सक्ने बताउनुभयो । उहाँले देशलाई राजतन्त्रतर्फ होइन, वर्तमान लोकतान्त्रिक गणतन्त्रभन्दा अझ माथिल्लो स्तरको व्यवस्थातर्फ लैजान सबैले प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सरकारबाट कमजोरी

    सांसद विश्वकर्माले आज प्रतिगामी तत्त्वहरूले टाउको उठाउने स्थिति निर्माण हुनुका पछाडिको कारणबारे सरकारले छातीमा हात राखेर सोच्नुपर्ने बताउनुभयो ।

    ‘प्रतिगामी, पुनरुत्थानवादीहरू आज सडकमा किन छाती खोलेर हिँडिरहेका छन् ? त्यसबारे सरकारले विचार गर्नुपर्दछ’ उहाँले सरकारतर्फ प्रश्न सोझ्याउनुभयो ।

    उहाँले भन्नुभयो– ‘आज देश समस्यैसमस्याको चाङमुनि दबिएको छ । हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिरहेका छैनौँ । फलस्वरूप देशको उद्योग–व्यवसाय जीर्ण अवस्थामा छ । रोजगारी सिर्जना हुन सकिरहेको छैन । त्यसले गर्दा देशको लाखौँ युवाशक्ति विदेश पलायन भइरहेको छ ।’

    सांसद विश्वकर्माले विदेश पलायन खालि विपन्न तप्कासित जोडिएको विषय मात्र नभएको धारणासमेत राख्नुभयो ।

    ‘आज विदेश पलायन हुनेहरू विपन्न तप्काका मात्रै छैनन्’ उहाँले भन्नुभयो– ‘शिक्षित बुद्धिजीवीहरू पनि विदेश पलायन भइरहेका छन् । यस्तो किन भयो ? देशका पैसावाला, धनी, सम्पन्न तप्कासमेत यो देशमा केही हुँदैन भनेर किन देश छोडिरहेका छन् ? यसबारे सरकारले गम्भीर चिन्तन मनन गर्नुपर्दछ ।’

    ‘शिक्षित जनशक्ति विदेश पलायन भइरहेको छ’ उहाँले देशको शिक्षानीतिप्रति प्रश्न उठाउँदै भन्नुभयो– ‘आज विश्वविद्यालय खाली छ । गाउँका स्कुलहरू खाली भएर मर्ज गर्नुपर्ने अवस्था छ । दैनिक सयौँ विद्यार्थी विदेश पलायन भइरहेका छन् । यो चिन्ताको विषय हो ।’

    सम्बोधनको क्रममा उहाँले नेपाली युवाशक्ति अनधीकृत प्रकारले रुसी सेनामा भर्ती भएर ज्यान गुमाएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले भन्नुभयो– ‘रुसी सेनामा नेपाली युवाले ज्यान गुमाउनु गम्भीर चिन्ताको विषय हो । यसबारे सरकार गम्भीर हुनुपर्दछ ।’

    भ्रष्टाचार विरुद्धको कारबाही

    मतव्यको क्रममा सांसद विश्वकर्माले सरकारले चालेको भ्रष्टाचार विरुद्धको कारबाहीलाई टुङ्गोमा पुर्‍याउन आग्रह गर्नुभयो ।

    ‘यो सरकारले भ्रष्टाचारको विरुद्धमा केही कदम उठाएको छ । हामीले त्यसलाई समर्थन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘गृहमन्त्री यहीँ हुनुहुन्छ । मेरो माग छ, भ्रष्टाचार विरुद्धका यी कारबाहीलाई टुङ्गोमा पुर्‍याइयोस् ।’

    उहाँले भ्रष्टाचारको गम्भीर समस्यालाई निराकरण गरी भ्रष्टाचारमुक्त नेपाल बनाउन सरकार कडाइपूर्वक लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘देशलाई भ्रष्टाचारमुक्त मुलुक बनाउन सरकारले सक्दो प्रयास गरोस् । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

    राष्ट्रिययता कमजोर

    सांसद विश्वकर्माले देशको राष्ट्रियता कमजोर अवस्थामा पुगेको बताउनुभयो ।

    ‘हामीलाई महसुस भइरहेको छ, देशको राष्ट्रियता दिनप्रतिदिन कमजोर भइरहेको छ’ उहाँले भन्नुभयो– ‘वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ । यस विषयमा सरकार गम्भीर हुनुपर्दछ । राष्ट्रियताको विषयलाई हल्का रूपमा लिइनु हुँदैन ।’

    उहाँले राष्ट्रियता, सार्वभौमिकता र भौगौलिक अखण्डताको रक्षा तथा जगेर्नातर्फ सरकार चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
    सांसद विश्वकर्मा राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा कसैसँग सम्झौता गर्न नहुनेतर्फ सरकारलाई सचेत गराउनुभयो ।

    विकास, सुशासन र सामाजिक न्याय

    मन्तव्य राख्दै सांसद विश्वकर्माले नेपाली जनताले विकास, सुशासन र सामाजिक न्याय चाहेको बताउनुभयो ।

    ‘राजनीतिक परिवर्तन त हामीले ल्याएका छौँ’ उहाँले भन्नुभयो– ‘तर जनता विकास, सुशासन र सामाजिक न्याय चाहान्छन् । सरकारले यी उपलब्धि प्र्रत्याभूत गर्न सक्नुपर्दछ ।’

    देशमा विकास निर्माणको काम अत्यन्तै पछि परेको, भ्रष्टाचार र अनियमितता यथावत् रहेको र सामाजिक न्यायको अवस्थामा खासै सुधार हुन नसकेको उहाँको विश्लेषण थियो ।

    ‘हामीले पत्रपत्रिका तथा सञ्चारमाध्यममा पढिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘दलितमाथिका ज्यादती अहिले पनि जस्ताको तस्तै छन् । हामीले यही संसद्बाट सङ्कल्प प्रस्ताव पारित गर्‍यौँ तर त्यसलाई कार्यान्वयन गराउनेतर्फ सरकारले ध्यान दिइरहेको छैन ।’

    उहाँले दलित समुदाय मात्रै नभएर महिला, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्रलगायतको समस्या अहिले पनि गम्भीर अवस्थामा रहेको दाबी गर्नुभयो ।

    उहाँले सरकारलाई सुझाव दिनुभयो– ‘सरकार जनताको समस्या समाधान गर्न दत्तचित्त भएर लागोस् । आवश्यक ऐनकानुन समयमै तयार पार्न तदारुकता देखाओस् । जनतासमक्ष सरकारले सही समयमा सही डेलिभरी दिन सकोस् ।’

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.