राम गैरे पाल्पाली
Advertisement
क्रान्तिमै हिँडी शिखरमा पुग्ने रहर धेरै छन् ।
उज्यालो खोज्ने अभियान हाम्रो सहर धेरै छन् ।१।
दुखीका लागि परिवर्तन गर्नुछ समाजलाई ।
उनकै लागि हिउचुली पुग्ने ठहर धेरै छन् ।२।
छाँगाको साथ पहिराको बासभरोसा हुँदैन ।
पानीको तिर्खा पौडी खेली पुग्ने नहर धेरै छन् ।३।
जितेर हार्ने प्रकृतिको आफ्नै नियम हुन्छ नै ।
तयारी गर्दै हिँड्ने हो पुग्ने पहर धेरै छन् ।४।
एकताकै तालमा उठ श्रमिक ज्यामीहरू ।
युद्धको खुला मैदानमा पुग्ने कहर धेरै छन् ।५।