• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ । दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ ।

    Advertisement

    निर्माण कम्पनीले लामो समय काम रोकेको थियो ।

    निर्माण कम्पनीले अहिले कामदार खटाएर काम गरिरहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ । निर्माण कम्पनीले सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बताउनुभयो । बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गर्दै आएको उहाँको भनाइ छ । समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु परेको उहाँ बताउनुहुन्छ ।

    वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालन गरेको र नागरिक उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नुपरेको प्रमुख शर्माले सुनाउनुभयो । सडक आसपासका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले आजित बन्ने गरेका छन् । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको उहाँको भनाइ छ ।

    प्रमुख शर्माले भन्नुभयो, “ट्रयाक खुलेको धेरै वर्षपछि सडक स्तरोन्नति हुँदा स्थानीय खुसी भएका थिए, हामी पनि खुसी थियौँ तर निर्माण कम्पनीले चार वर्ष बित्न लाग्दा पनि काम सकेको छैन, हटिया बजारदेखि नगरपालिकाको कार्यालयसम्मको केही भाग नगरपालिकाले पनि काम गरेको छ, यतिका समयसम्म काम नगर्दा स्थानीय आक्रोषित भएका छन्, हामीले सहयोग गर्दा पनि समयमा काम गर्न सकेको छैन ।”

    निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको निर्माण कम्पनीले गलकोट खण्डमा नाली निर्माण, फराकिलो बनाउने काम सकेको छ । ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरिरहेको इन्जिनियर पुनले बताउनुभयो ।

    गलकोट नगरपालिका–३ हटिया बजारबाट ताराखोला गाउँपालिका–४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो । अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ ।

    निर्माण कम्पनीले रु २८ करोडको लागतमा सडक निर्माणको जिम्मा लिएको पुनले बताउनुभयो । “काम सुरु भएपछि निर्माण कम्पनीले बीचमा लामो समय काम गरेन, अहिले ‘फिल्ड’मा आएर धमाधम काम गरिरहेको छ, असार मसान्तसम्म म्याद छ, काम गर्‍यो भने सकिने सम्भावना देखिन्छ”, इन्जिनियर पुनले भन्नुभयो, “अब ४० प्रतिशत काम बाँकी छ, नाली र सडक चौडा गर्ने काम सकियो भने कालोपत्र गर्न धेरै समय लाग्दैन”

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.