• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई जिम्मा दिनु अनिष्टको संकेतः मसाल


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई जिम्मा दिनु सरकारको असफलता भएको बताएको छ । यसले सेनालाई अनावश्यक रुपमा सक्रीय बनाउने भन्दै मसालले राजनीतिक रुपमा अनिष्ट हुन सक्ने खतरा औँल्याएको छ ।

    Advertisement

    महामन्त्री मोहन विक्रम सिंहले शनिबार प्रेसित गर्नुभएको वक्तव्यमा देश संकटको भूमरीमा रहेका बेला मौकाको फाइदा उठाएर अनियमितता गर्न खोज्नु अपराधजन्य कार्य भएको दोहोर्याउनुभएको छ ।

    यस्तै, सिंहले भारतीय सीमानामा अलपत्र परेका नेपालीहरुप्रति राम्रो व्यवहार नभएकोमा दुःख प्रकट गर्दै सरकारले कूटनीतिक तवरबाट भारत र अन्य देशका रहेका नेपालीहरुको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः
    चीनबाट कोरोना भाइरससित सम्बन्धित स्वास्थ्य उपकरणसम्बन्धी सामाग्रीको खरिदको सन्दर्भमा घटिरहेका घटनाहरूप्रति नेकपा (मसाल) को गम्भीर ध्यान अकार्षित भएको छ । उक्त समाग्रीहरूको खरिदको सन्दर्भमा ठूलो पैमानामा अनियमितता र भ्रष्टाचार भएका समाचारहरूले हामीलाई धेरै दुःखित र क्षुब्ध बनाएको थियो ।

    आज देश एउटा गम्भीर प्रकारको महामारिको मुखमा उभिएको बेलामा सरकार, प्रशासन, प्रहरी तथा सबै राजनीतिक पार्टी, सङ्घसंस्था र सम्पूर्ण जनता समेतले इमान्दारितापूर्वक काम गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको पृष्ठभूमिमा त्यसप्रकारको कुनै पनि प्रकारको अनियमितता वा भ्रष्टाचार गर्नु अपराधजन्य कार्य हो । हामीले उक्त विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीन गरेर दोषिलाई सजाय दिनुपर्ने आवश्यकतामा जोड दिएका थियौँ र अहिले पनि दिन्छौँ ।

    अहिले सामान्यतः करिब एक शताब्दीको जनताको त्याग, बदिलान र सङ्घर्ष तथा विशेषतः २०६२–६३ को जनआन्दोलनका महान् उपलब्धीहरूलाई समाप्त गरेर देशलाई प्रतिगमनका दिशामा लैजान कैयौँ प्रतिगामी शक्तिहरू सक्रिय भइरहेका छन् र त्यसप्रकारका कार्यहरूमा कैयौँ विदेशी साम्राज्यवादी शक्तिहरूले पनि मद्दत पुर्‍याउने काम गरिरहेका छन् । त्यो अवस्थामा अहिले कोरोना भाइरस जस्तो संवेदनशील विषयमा सरकारले अपनाउने कुनै पनि गलत नीति वा कार्यहरूबाट प्रतिगामी शक्तिहरूलाई नै मद्दत पुग्ने कुरा प्रष्ट छ । त्यो अवस्थामा हामीले सरकारसित कोरोना भाइरसको खतरालाई सामना गर्नका लागि इमान्दारिता र कुशलतापूर्वक काम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    अहिले सरकारले कोरोना भाइरससित सम्बन्धित औषधी र उपकरणहरूको खरिदका लागि सेनालाई जिम्मा दिने जुन कार्य गरेको छ, त्यसलाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यसले एकातिर, सरकार र निजामती सेवा समेत असफल हुँदै गएको कुरा बताउँनेछ भने, अर्कातिर, सेनाको भूमिकालाई अनावश्यक रूपले बढाउँदै जानेछ । त्यसप्रकारको स्थिति देशका लागि लाभदायक नहुने वा दीर्घकालिन रूपमा त्यसले देशको राजनीतिमा गम्भीर क्षति पुर्‍याउन सक्ने सम्भावनातिर पनि हामीले सरकारको ध्यान अकर्षित गर्न चाहन्छौँ ।

    अहिले सरकारले लकडाउनको जुन घोषणा गरेको छ, त्यसलाई हामीले समर्थन गर्दछौँ र त्यसलाई दृढतापूर्वक लागूगर्ने आवश्यकतामा जोड दिन्छौँ । वास्तवमा हाम्रो जस्तो देशमा कोरोना भाइरसको व्यापक रूपमा सङ्क्रमण भयो भने त्यसलाई रोक्नु वा त्यसबाट बच्नु हाम्रा लागि धेरै नै कठिन हुनेछ । कतिपय विकसित देशहरू पनि त्यसका लागि असफल हुँदै गएका उदाहरणहरू हाम्रा अगाडि छन् । त्यो अवस्थामा हाम्रो देशमा त्यसको सङ्क्रमण भएपछि त्यसबाट बच्नु वा छुटकारा पाउनु कति मुश्किल हुनेछ कसैले पनि सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ ।

    त्यसैले त्यसका लागि लकडाउन प्राथमिक र सबैभन्दा प्रभावशाली उपचार हो । अहिले कोरोनो भाइरसबाट बच्नका लागि कैयौँ देशहरूले सीमा बन्द गर्ने नीति पनि अपनाउँदै गइरहेका छन् । हामीले पनि, खास गरेर भारतमा त्यसले अनियन्त्रित र सङ्क्रामक रूप लिंदै गइरहेको अवस्थामा सीमा बन्दको नीति अपनाउनुको कुनै विकल्प छैन ।

    भारतीय सीमाहरूमा आएर ठूलो सङ्ख्यामा नेपालीहरू अलपत्र परेर बसेको वास्तविकता प्रति पनि हामीले सरकारको ध्यान आकर्षित गराउन चाहन्छौँ । वास्तवमा अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता संसारका जुन देशहरूमा नेपालीहरू बसेका छन्, त्यहाँका सम्बन्धित सरकारहरूले नै उनीहरूको ९नेपालीहरूको० व्यवस्था र संरक्षण गर्नु अन्तर्राष्ट्रिय आवश्यकता हो । त्यही कुरा भारतका सन्दर्भमा पनि सत्य हो । त्यसैले अहिले कोरोना भाइरसको विश्वव्यापी सङ्कटको अवस्थामा संसारभरि र भारतमा पनि बसेका नेपालीहरूलाई आवश्यकतानुसार मद्दत गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा नै कुटनीतिक पहल गर्नु सरकारको जिम्मेवारी हुन जान्छ ।

    वास्तवमा त्यो संसारभरि वा भारतमा बसेका नेपालीहरूको मात्र समस्या नभएर विश्वका विभिन्न देशहरूमा बसोवास गरेका अन्य सबै विदेशीहरूको पनि समस्या हो । त्यसरी त्यो एउटा अन्तर्राष्ट्रिय वाध्यता र दायित्व समेत हो । त्यो समस्या खाली भारतमा बसेका नेपालीहरूको मात्र होइन, नेपालमा पनि ठूलो सङ्ख्यामा भारतीयहरू बसेका छन् । उनीहरूका लागि आवश्यक व्यवस्था वा संरक्षण गर्नु पनि नेपाल सरकारको दायित्व हुन जान्छ । त्यसरी त्यो नेपाल र भारतका दुवै सरकारहरूको पारस्परिक र दुईपक्षिय जिम्मेवारी हुन जान्छ ।

    अहिले भारतका विभिन्न भागहरूबाट भारतीय सीमाहरूमा बसेका करिब एकहजार नेपालीहरूको अवस्था धेरै नराम्रो भएको छ । उनीहरू एकातिर, आफू बसेका ठाउँहरू छाडेर आइसकेका छन् भने, अर्कातिर, नेपालमा आउनका लागि उनीहरूले अनुमति पनि पाइरहेका छैनन् । सिमावर्ती स्थानहरूमा भारतीय पक्षले उनीहरूसित राम्रो व्यावहार नगरिरहेका समाचारहरू पनि प्राप्त भइरहेका छन् । त्यसले गर्दा उनीहरूको अवस्था धेरै नराम्रो हुन गएको छ । त्यो गम्भीर प्रकारको मानवीय समस्या पनि हो । त्यसकारण अहिले भारतीय सीमाहरूमा आएर बसेका नेपालीहरूको उद्दार गरेर नेपालका विभिन्न क्यारेनटाइनहरूमा राख्नका लागि आवश्यक व्यवस्था गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ ।

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.