काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ ।
Advertisement
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९१९० नम्बरको यात्रुवहाक बसमा मंगलबार बिहान करिब साढे २ बजे आगो लागेको प्रहरीले जनाएको छ ।
गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ ।
यात्री कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।