• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बडिगाडको कोसेली मह र भाँगो


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । एकदशकअघिसम्म बागलुङमा मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा सहभागी अतिथिलाई कोसेलीका रुपमा बुट्टेनली दिने चलन थियो । दशकयता आयातीत सामग्रीलाई कोसेलीका रुपमा प्रयोग गर्दै आइएको थियो ।

    Advertisement

    तर यस वर्षदेखि बागलुङमा कोसेलीका रुपमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रयोग गर्न थालिएको छ ।

    कृषकलाई उत्पादन गर्न प्रेरित गरिरहेको छ भने उत्पादित वस्तुले बजारसमेत पाउन थालेका छन् ।

    आइतबार बागलुङमा दुई ठूला कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी हुनुभएको थियो । एउटा बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन र अर्को लायन्स क्लबको तेस्रो क्याबिनेट बैठक थियो ।

    बडिगाड गाउँपालिकाले मुख्यमन्त्री पाण्डेलाई स्थानीयस्तरमै उत्पादन भएको चोयाको टोकरीमा मह र भाँगो कोसेलीका रुपमा दिएको थियो भने लान्यस क्लबले बागलुङको ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा उत्पादन भएको भाँगो दिएको थियो ।

    आइतबार भएका दुई कार्यक्रममा मात्रै होइन जिल्लामा हुने अन्य कार्यक्रमका आयोजकले प्राङ्गारिक उत्पादनलाई बढी महत्व दिन थालेका छन् । मुख्यमन्त्री पाण्डेलाई कोसेली प्रदान गर्दै बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय उत्पादन पहिचान भएको बताउनुभयो । बडिगाड क्षेत्रमा धेरै किसानले चोयाबाट धेरै प्रकारका सामग्री निर्माण गर्ने, मह र भाँगो उत्पादन गर्ने हुँदा कोसेलीका रुपमा प्रयोग गर्न थालेको बताउनुभयो ।

    “हामीले धेरै पहिलेदेखि कोसेलीका रुपमा यही नै उत्पादन भएको सामग्रीलाई प्रयोग गर्ने गरेका छौँ, यहाँबाट अरु धेरैले सिक्नुभएको छ, खुसी लाग्छ, कोसेलीमा स्थानीयको पहिचान झल्किन्छ, पहिले आयातीत काम नलाग्ने जिन्सी सामान कोसेली दिने चलन थियो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “स्थानीय उत्पादन कोसेलीका रुपमा प्रयोग गर्दा किसानले उचित मूल्य पाउँछन्, बढी उत्पादन गर्नतर्फ प्रेरित हुने गरेका छन्, हामीहरुले दिन कोसेली कुनै न कुनै हिसाबबाट प्रयोगमा आउँछन् ।”

    बडिगाड गाउँपालिकाले मात्रै होइन, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिकालगायतले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा प्रयोग गर्दै आएका छन् ।

    तमानखोलाले पाहुना तथा अतिथिलाई चोयाको डाली, पछ्यौरा र गाउँमै उत्पादन भएको ढाकाटोपी दिने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । पछिल्लो समय आधुनिकताले गर्दा धेरैले बाहिरबाट ल्याएका सामान प्रयोग गर्ने गरेको भन्दै त्यस्ता वस्तु देख्न राम्रो हुने तर पहिचान नझल्किने उहाँको भनाइ छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.