काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष अमरध्वज राना मातृशोकमा पर्नुभएको छ ।
Advertisement
८२ वर्षीय आमा लालीमाया रानाको निधन भएपछि राना मातृशोकमा पर्नुभएको हो ।
सम्मेलनकी महासचिव उषा पुनले २०८० माघ १४ गते शोक व्यक्त गर्दै रानाकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तो छ, शोकवक्तव्य :
“हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनका का.वा. अध्यक्ष अमरध्वज रानाकी ममतामयी आमा लालीमाया राना प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नं. २ निवासी वर्ष ८२ वर्षको उमेरमा २०८० साल माघ १४ गते बिहान ३ बजे असामयिक निधनले हाम्रो सङ्गठनलाई दुखित एवम् मर्माहत बनाएको छ । यस्तो दुखद् घडीमा आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न समवेदना व्यक्त गर्दछ ।”